७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हन्डुरसमा डुङ्गा दुर्घटना, २७ जनाको मृत्यु, नौ वेपत्ता



अ+ अ-

तेगुसिगाल्पा । हन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन् ।

यस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ । माछा मार्नको लागि प्रायोग हुदै अएको यस डुङ्गामा ९१ जना यात्रु सवार रहेका ती मध्ये ५५ जनालाई उद्धारकर्ताहरुले जिवितै उद्धार गर्न सफल भएका छन् ।

सो दुर्घटनामा हराइरहेका ती व्यक्तिहरुको खोजी कार्य जारी रहेको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन् ।

दुर्घटना भएको यस डुङ्गाको ३१ जना यात्रु बोक्ने मात्र क्षमता रहेकामा ९१ जना यात्रु सवार रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जानकारी दिएको छ ।