११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

खसीबोकाको आयात शून्य

खसीबोकाको आयात शून्य
अ अ+ अ-

–काशीराम शर्मा
काठमाडौं ।  पशु क्वारेन्टाइन प्रक्रियामा कडाइ गरेपछि बाँकेको जमुनाहा नाकाबाट खसीबोकाको आयात शून्य भएको छ । भारतलगायत मुलुकबाट आयातित खसीबोकाको भन्सार बिन्दुमा क्वारेन्टाइन ९गुणस्तरको प्रमाण० जाँच हुन थालेपछि विगत तीन महीनादेखि यो नाकाबाट आयात शून्य भएको हो ।

पशुसेवा विभागले भारतबाट कुनै न कुनै स्वास्थ्य प्रमाण नलिइ आएमा त्यसको क्वारेन्टाइन नगर्नु भन्ने परिपत्र गरेपछि पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाले तीन महीनायता कुनै पनि पत्र काटेको छैन । पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाका पशु स्वास्थ्य प्राविधिक अमर शाहीका अनुसार तीन महीनायता भारतबाट खसीबोका आयात हुन सकेका छैनन् ।

“माथिबाट ऐनअनुसार मात्र भारतबाट आयात हुने पशुपक्षीको क्वारेन्टाइन गर्नु भन्ने आदेश थियो”, उहाँले भन्नुभयो, “सोही अनुसार काम गर्दा भारतबाट खसीबोका आयात हुन सकेका छैनन् ।” प्राविधिक शाहीका अनुसार नेपालमा खसीबोका भित्र्याउँदा भारतीय क्वारेन्टाइनको स्वास्थ्य, सेनेटरी प्रमाण, ल्याब रिपोर्ट लगायतका प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाका अनुसार तीन महीनायता खसीबोका आयात भएको छैन । आयात नहुँदा बजारमा मूल्य मनोमानी छ । “हाम्रो मुख्य उद्देश्य रोग नभित्रियोस् भन्ने हो । क्वारेन्टाइन ऐनलाई कडाइका साथ लागू गरेका छौं”, पशु स्वास्थ्य प्राविधिक शाहीले भन्नुभयो, “कागजातमा कडाइ भएपछि आयात भएको छैन ।”

विस २०७४ फागुन तीनदेखि क्वारेन्टाइन ऐन कार्यान्वयनमा आएको छ । ऐनअनुसार आयातकर्ताले सम्बन्धित मुलुकबाट पशु स्वस्थ भएको कागजपत्र बनाउनुपर्छ । कागजबाट निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुन्छ । पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार फागुनमा फाटफुट खसीबोका आयात भएका थिए । त्यसपछि भने ठप्प जस्तै भएको छ ।

“क्वारेन्टाइन जाँच नहुँदा जीवित वस्तुबाट रोग आउनसक्छ, मासुबाट इन्फेक्सन हुन सक्छ”, उहाँले भन्नुभयो, “नेपालमा बिक्री गर्न रोगमुक्त भनेर सम्बन्धित सरकारको प्रमाणपत्र आवश्यक छ । वस्तुमा रोग छैन भनेर प्रमाणपत्र दिनुपर्छ । प्रमाणपत्र भए आयातमा कुनै अवरोध हुँदैन । सरकारले रोक्न पनि सक्दैन ।”

क्वारेन्टाइन जाँचले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने पशु स्वास्थ्य प्राविधिक शाहीले बताउनुभयो । “विगतमा क्वारेन्टाइन प्रमाणपत्र नमागे पनि अब प्रमाणपत्र चेक हुन्छ”, उहाँले भन्नुभयो, “प्रमाणपत्र नभए आयात हुँदैन ।” खसीबोका आयात हुने मुख्य नाका नेपालगञ्ज नै हो । यहाँ भारतको उत्तर प्रदेशबाट खसीबोका आयात हुँदै आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले पशुसेवा विभागको निर्णयले उपभोक्ताले स्वथ्यकर मासु उपभोग गर्न पाउने भएसँगै स्वदेशी उत्पादनमा पनि वृद्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ऐन विगतमै कार्यान्वयन हुनुपथ्र्यो तर भएन ।”

उहाँले छोटी नाकाबाट खसीबोका तस्करी भइरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । “मुख्य नाकाबाट आयात बन्द भएको छ । तर छोटी नाकामा तस्करी मौलाइरहेको छ । यसतर्फ पनि ध्यान दिनुपर्छ । छोटी नाकाबाट आयात हुने खसीबोकालाई रोक्न सकिएन भने क्वारेन्टाइन जाँच कडाई गर्नुको कुनै अर्थ रहँदैन”, श्रेष्ठले भन्नुभयो ।

छोटी नाकाबाट तस्करी हुँदै आए पनि व्यवसायीले भने खरीद मूल्य निकै उच्च भएको भन्दै उपभोक्तासँग पनि चर्कै मूल्य असुलेका छन् । भन्सार कडाइको फाइदा उठाउँदै व्यवसायीले जिउँदो खसीबोकाको मूल्य मनोमानी असुल्दै आएका छन् । मासुमा पनि सोहीअनुसार मूल्यवृद्धि भएको उपभोक्ताको भनाइ छ ।

“दुई महीनादेखि खसीबोका आयात भएका छैनन् । खसीबोका अभाव भएपछि मूल्य अकासिएको छ”, नेपालगञ्ज–४ का उपभोक्ता श्याम शाहीले भन्नुभयो, “दुई महीनाअघि प्रतिकिलो रु ३५० जिउँदो खसीको मूल्यपर्नेमा अहिले प्रतिकिलो रु ५०० पुगेको छ ।”

व्यवसायीले बाँकेका छोटी नाकाबाट खसीबोका नेपालगञ्ज भित्र्याउँदै आएका छन् । भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याएका पशुपक्षी तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति लिएपछि पछिल्लो समय खसीबोका तस्करी हुन थालेका छन् । नाकामा रहेका नेपाली पशु क्वारेन्टाइन चेक पोष्टले ‘क्वारेन्टाइन नगर्ने’ भएपछि व्यापारीले छोटी नाकाबाट भन्सार छली गर्दै खसीबोका नेपालगन्ज भित्र्याउन थालेका हुन् ।

व्यापारीले भारतबाट स्वास्थ्य लगायतका विभिन्न प्रमाण ल्याउन नसक्ने र भारतबाट प्रमाणपत्र नल्याएसम्म नेपाली क्वारेन्टाइनले जाँच पास नगर्ने भएपछि व्यापारी चोरीको बाटो अपनाउन थालेका हुन् । नेपाली क्वारेन्टाइनले जाँच पासमा कडाई गरेपछि व्यवसायीले भने सीमावर्ती क्षेत्रबाट तस्करी गरेर खसीबोका नेपाल आयात गर्न शुरु गरिसकेका छन् ।

खुला सिमानाको फाइदा उठाउँदै छोटी नाकाबाट नेपालगञ्ज भित्र्याइएका खसीबोका व्यवसायीले जम्मा पारेर काठमाडौँ र पोखरा पठाउने गर्दछन् । भन्सारबाट वैधानिकरुपमा तीन महिनायता खसीबोकाको आयात नभए पनि बजारमा भने भारतीय खसीबोकाको मासु बिक्री वितरण भइरहेको उपभोक्ता बताउँछन् ।

जाँचमा कडाइ गरेपछि खसीबोकाको अवैध आयात ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकेका छोटी नाका हुँदै तस्करी बढेको छ । हामीले बरामद गरिरहेका छौँ । छोटी नाकामा पनि क्वारेन्टाइनको व्यवस्था मिलाउनुपर्छ ।”

उहाँले बरामद गरिएका खसीबोका भन्सार र पशु क्वारेन्टाइन चेकपोष्टले बुझ्न नमान्ने गरेको बताउनुभयो । “खसीबोका बरामद भएपछि फर्जी कागजात बनाएर व्यापारीले दुःख दिन्छन्”, प्रवक्ता सापकोटाले भन्नुभयो, “तस्करी गरेर आएका खसीबोका बरामद्पछि भन्सार र पशु क्वारेन्टाइन चेकपोष्टले बुझ्न नमान्दा प्रहरीलाई निकै समस्या हुने गरेको छ ।” बाँके प्रहरीले क्वारेन्टाइन ऐन कार्यान्वयनमा आएपछि हालसम्म ७०० बढी खसीबोका बरामद गरिसकेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।