१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफगानिस्तानमा छ सुरक्षा अधिकारी मारिए



अ+ अ-

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी प्रमुख हाजी लालाले शुक्रबार उक्त जानकारी दिनुभएको छ ।

मिवान्द जिल्लामा रहेको मिवान्द बजारमा अवस्थित एक प्रहरीचौकीमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारीहरु गरेको जवाफी कारवाहीमा छ सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका लालाले बताउनुभएको छ ।

यस झपडको क्रममा तालिबान लडाकू समूहको सदस्यहरु पनि हताहत भएका छन् तर यसको यकिन सङ्ख्या भने प्राप्त भएको छैन । यस झडपको विषयमा अफगान सरकारसँग लडाइँ गरिरहेको तालिबान समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।




भर्खरै