१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुलुकलाई फाइदा हुने भएपछि मात्र आइफा अवार्ड आयोजना गर्न दिइने’



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड कार्यक्रम मुलुकलाई राम्रो, फाइदाजनक र भ्रमण वर्षलाई उपयोगी हुने भएपछि मात्र आयोजना गर्न दिइने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अनुकूल स्थिति भयो भने मात्र कार्यक्रम आयोजना गर्ने दिइने बताउँदै भन्नुभयो, ‘‘ देशलाई घाटा पारेर होइन नाफा हुने गरी हामी आयोजना गर्न दिन्छौँ । भएन भने त्यसलाई आयोजना गर्न दिँदैनौ ।’’

उहाँले आइफा अवार्ड मन्त्रिपरिषद्ले गरेको निर्णयमा न्यून लागतमा धेरै प्रतिफल प्राप्त गर्ने गरी आयोजना स्वीकृत दिने भन्ने कुरा भएको उल्लेख गर्दै भन्नुभयो, ‘‘सरकारले अवार्डका लागि अर्बौ खर्च गर्ने भन्ने हावा कुराहरु चलाइएका छन् । सरकारले गर्ने भन्ने निर्णय गरिसकेको छैन ।’’

उहाँले आगामी वर्ष २० लाख पर्यटक भित्र्याइने लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिनका लागि अहिले आइफा अवार्डको हल्ला चलेको बताउनुभयो । यहाँ विकास विरोधी तत्व रहेकाले ठूला आयोजनालाई अवरोध गरिरहेका छन् भन्दै उहाँले त्यस्ता षड्यन्त्रलाई निस्तेज पार्दै आयोजना समयमा नै सम्पन्न गरिने दृढता व्यक्त गर्नुभयो ।

पार्टी प्रवेश गरेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी समेत दिइने बताउनुभयो । उहाँले दुई वटा पार्टीका पृथक पृथक धार भएकाले पार्टी एकतामा केही विलम्ब भएको बताउनुभयो । ‘‘एकता टुङ्ग्याउनका लागि केही कमजोरी रहेको छ’’ उहाँले भन्नुभयो, ‘‘ एकता विलम्ब उपयुक्त छैन । यस महिनाभित्र पार्टी एकताको काम सक्दै कार्यविभाजनसमेत गरिने छ ।’’ उहाँले नेकपा विशाल नदी भएकाले यसबाट केही भङ्गालाहरु छुट्टिए पनि पुनः नदीमै आएर मिसिने बताउनुभयो । प्रधानमन्त्री ओलीले दुई तिहाइ ओगटेको नेकपामा बाबुराम भट्टराई मात्र हैन सिङ्गै समाजवादी पार्टी पनि अट्नसक्ने स्पष्ट गर्नुभयो ।

कार्यक्रममा तत्कालीन नयाँ शक्ति पार्टीका नेता तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुली, भूमि देवकोटा, गुणाखर भुसाल, मनु हुमागाईंलगायत नेकपामा प्रवेश गर्नुभएको छ ।