१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एमालेका सात प्रदेशका इन्चार्ज



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । 

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो ।

जसअनुसार, प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन् ।

यस्तै, गण्डकीको इन्चार्जमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई तोकिएको छ ।