काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंह र सुनिल न्यौपानेविरुद्ध मुद्दा हालेको छ ।
दाङ जिल्ला, घोराही उप–महानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंहले चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकको साथमा कागजात नभएकाले जरिवानाबापत रसिद काट्न खोज्दा सुनिल न्यौपानेलसँग २ सय रूपैयाँ घुस लिएको आरोप छ ।
अख्तियारका अनुसार चेकजाँचमका क्रममा मोटरसाइकल चालकसँग कागजात नभएको भेटिएपछि सिंहले रसिद काट्न खोजेका थिए । तर न्यौपानेलेले दुई सय रूपैयाँ दिएर मिलाए ।
केही समयपछि सुनिल न्यौपानेले आफू पत्रकार भएकोले घुस लिएको भिडियो बनाइसकेको र पत्रपत्रिकामा प्रकाशन हुन्छ र नोकरीमा समेत असर पर्ने सम्मको डर देखाई प्रकाशन प्रसारण नगराउनको लागि भनी एक लाख रूपैयाँ मागेर बार्गेनिङ गरेपछी ५५ हजारमा सिंहले नगद पाँच हजार र ५० हजारको चेक न्यौपानेलाई दिएका थिए । पछि नगद ५० हजार दिएर चेक फिर्ता लिएका थिए ।
चेक र नगद ५५ हजारसहित सुनिल न्यौपानेलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार न्यौपानेले आफू पत्रकार हुँ भने पनि भए नभएको खुलेको छैन ।