१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादी परीक्षण प्रविधि नै छैन, दुई विषादीको मात्र परीक्षण



अ+ अ-

काठमाडौं । भारतबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नबाट पछि हटेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो विषयमा सरकारको धारणा राखिसकेका छन् । उनले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि मात्रै भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने बताएका छन् । सरकारसँग भने हाल दुई वटा विषादीको मात्र परीक्षण गर्न सक्ने प्रविधि रहेको पाइएको छ ।

कालीमाटीस्थित विषादी प्रयोगशाला केन्द्रका नायब प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार कारवामेट र अर्गानिक फस्फेट समूहको विषादी मात्र परीक्षण गर्ने प्रविधि छ, जुन कीटनाशक विषादी हो । यो प्रविधिबाट कारवामेट समूह र अर्गानिक फस्फेट समूहबाहेक अन्य विषादी थाहा नहुने शर्माले बताए ।

बाली संरक्षण तथा वितरण केन्द्रका अनुसार नेपालमा पञ्चीकृत भएका १ सय १६ वटा विषादी छन् । जसमा ५२ किसिमका सामान्य कीटनाशक, ४० किसिमका भुसुनानाशक, दुई किसिमका मुसानाशक र २२ किसिमका झारपातनाशक छन् ।

कालीमाटीस्थित विषादी प्रयोगशाला केन्द्रका नायब प्राविधिक सहायक शर्माले सरकारसँग कीटनाशक विषादी मात्र परीक्षण गर्ने प्रविधि भएकाले सबैको परीक्षण गर्न कठिन भएको बताए । सरकारले ४ असार २०७१ मा कालीमाटी बजारमा पहिलोपटक परीक्षण केन्द्र स्थापना गरेको थियो । तत्कालीन मुख्य सचिव लीलामणि पौड्यालको विशेष सक्रियतामा कालीमाटी बजारमा सो केन्द्र स्थापना गरिएको थियो । यो प्रयोगशाला स्थापना गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृृषि संगठन ९एफएओ०को १५ लाख रुपैयाँ गरी कुल ३० लाख खर्च भएको थियो ।

नायब प्राविधिक सहायक शर्माले सुरुमा दैनिक ६० देखि ७० वटा नमुना परीक्षण गरिए पनि अहिले १२ देखि १५ वटा मात्रै नमुना परीक्षण गर्दै आएको बताए ।

शर्माले सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने’ भनेपछि भारतबाट आयात हुने फलफूल तथा तरकारीको मात्र दैनिक ६० देखि ७० नमुना परीक्षण गरिरहेको बताए । उनले हालसम्म कुनै पनि तरकारी तथा फलफूलमा खान नमिल्ने विषादी नपाएको पनि बताए ।

शर्माका अनुसार ३५ प्रतिशतसम्म विषादी हुँदा खान मिल्छ । ३५ देखि ४५ प्रतिशत विषादी पाइएमा ४ देखि ५ दिन खुला राखेर खान मिल्छ भने ५४ प्रतिशत विषादी भएमा खान मिल्दैन । अहिलेसम्म कुनै पनि वस्तुमा २६ प्रतिशतभन्दा बढी विषादी पाइएको छैन ।

कालीमाटी तरकारी तथा फलफूल बजार समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार भारतबाट दैनिक २ सय ५० टन तरकारी तथा फलफूल आयात हुन्छ । जसमध्ये ८० प्रतिशत तरकारी र २० प्रतिशत फलफूल हुने गरेको छ ।

परीक्षण केन्द्र स्थापनापछि कालीमाटीमा ५ असार २०७१ देखि तरकारीको नमुना परीक्षण थालिएको थियो । सो वर्षको एक महिनामा १ सय १५ वटा तरकारी तथा फलफूलको नमुना परीक्षण गरी २६ वटा खान नमिल्ने र ६ वटा केही दिन पर्खेर खान मिल्ने अवशेष पाएको थियो । यो वर्ष तरकारी तथा फलफूलमा अत्याधिक विषादी प्रयोग गरेको पाइएको थियो । सो एक महिनामा विषादी परीक्षणमा कालीमाटी तथा फलफूल तरकारी बजार भित्रियाको तरकारीमा १३.९० प्रतिशत विषादी पाएको थियो । यस्तै, ३.२१ प्रतिशत केही दिन राखेर खान मिल्ने विषादीका अवशेष पाएको थियो । शर्माले यसपछि निरन्तर तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न थाले पछि घट्दै गएको बताए ।

यस्तै, आर्थिक वर्ष २०७१/०७२ मा १५ सय ७० वटा नमुनामा चारवटा खाना नमिल्ने विषादी पाएको थियो । जसमा ०.२५ प्रतिशत विषादी पाइएको थियो । यस्तै, केही दिन राखेर खाना मिल्ने तरकारी १५ वटा नमुना थियो । जसमा ०.९६ प्रतिशत थियो । यस्तै, ९८.७९ प्रतिशत खाना मिल्ने रहेको केन्द्रको तथ्यांकले देखाएको छ ।

यस्तै, २०७२/२०७३ मा केन्द्रले १९ सय ३६ नमुना परीक्षण गरेकोमा १० वटामा खान नमिल्नेमा ०.५२ प्रतिशत विषादी पाइएको थियो । यस्तै, २०७३/७४ केन्द्रले १९ सय ३० वटा नमुना परीक्षण गरेका २२ वटा खान मिल्नेमा १.१४ प्रतिशत विषादी पाइएको थियो । यसैगरी, आर्थिक वर्ष २०७४/७५ १८ सय ५० तरकरी तथा फलफूलमा नमुना परीक्षण गरेका जम्मा तीनवटा नमुनामा मात्र खान नमिल्ने विषादी पाइएको छ ।

यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा २९ यस १४ वटा नमुना परीक्षण गरिएकामा दुई वटामा मात्र खान नमिल्ने विषादी पाइएको केन्द्रको तथ्यांकले देखाएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।