२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादी परीक्षण प्रविधि नै छैन, दुई विषादीको मात्र परीक्षण



अ+ अ-

काठमाडौं । भारतबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नबाट पछि हटेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो विषयमा सरकारको धारणा राखिसकेका छन् । उनले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि मात्रै भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने बताएका छन् । सरकारसँग भने हाल दुई वटा विषादीको मात्र परीक्षण गर्न सक्ने प्रविधि रहेको पाइएको छ ।

कालीमाटीस्थित विषादी प्रयोगशाला केन्द्रका नायब प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार कारवामेट र अर्गानिक फस्फेट समूहको विषादी मात्र परीक्षण गर्ने प्रविधि छ, जुन कीटनाशक विषादी हो । यो प्रविधिबाट कारवामेट समूह र अर्गानिक फस्फेट समूहबाहेक अन्य विषादी थाहा नहुने शर्माले बताए ।

बाली संरक्षण तथा वितरण केन्द्रका अनुसार नेपालमा पञ्चीकृत भएका १ सय १६ वटा विषादी छन् । जसमा ५२ किसिमका सामान्य कीटनाशक, ४० किसिमका भुसुनानाशक, दुई किसिमका मुसानाशक र २२ किसिमका झारपातनाशक छन् ।

कालीमाटीस्थित विषादी प्रयोगशाला केन्द्रका नायब प्राविधिक सहायक शर्माले सरकारसँग कीटनाशक विषादी मात्र परीक्षण गर्ने प्रविधि भएकाले सबैको परीक्षण गर्न कठिन भएको बताए । सरकारले ४ असार २०७१ मा कालीमाटी बजारमा पहिलोपटक परीक्षण केन्द्र स्थापना गरेको थियो । तत्कालीन मुख्य सचिव लीलामणि पौड्यालको विशेष सक्रियतामा कालीमाटी बजारमा सो केन्द्र स्थापना गरिएको थियो । यो प्रयोगशाला स्थापना गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृृषि संगठन ९एफएओ०को १५ लाख रुपैयाँ गरी कुल ३० लाख खर्च भएको थियो ।

नायब प्राविधिक सहायक शर्माले सुरुमा दैनिक ६० देखि ७० वटा नमुना परीक्षण गरिए पनि अहिले १२ देखि १५ वटा मात्रै नमुना परीक्षण गर्दै आएको बताए ।

शर्माले सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने’ भनेपछि भारतबाट आयात हुने फलफूल तथा तरकारीको मात्र दैनिक ६० देखि ७० नमुना परीक्षण गरिरहेको बताए । उनले हालसम्म कुनै पनि तरकारी तथा फलफूलमा खान नमिल्ने विषादी नपाएको पनि बताए ।

शर्माका अनुसार ३५ प्रतिशतसम्म विषादी हुँदा खान मिल्छ । ३५ देखि ४५ प्रतिशत विषादी पाइएमा ४ देखि ५ दिन खुला राखेर खान मिल्छ भने ५४ प्रतिशत विषादी भएमा खान मिल्दैन । अहिलेसम्म कुनै पनि वस्तुमा २६ प्रतिशतभन्दा बढी विषादी पाइएको छैन ।

कालीमाटी तरकारी तथा फलफूल बजार समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार भारतबाट दैनिक २ सय ५० टन तरकारी तथा फलफूल आयात हुन्छ । जसमध्ये ८० प्रतिशत तरकारी र २० प्रतिशत फलफूल हुने गरेको छ ।

परीक्षण केन्द्र स्थापनापछि कालीमाटीमा ५ असार २०७१ देखि तरकारीको नमुना परीक्षण थालिएको थियो । सो वर्षको एक महिनामा १ सय १५ वटा तरकारी तथा फलफूलको नमुना परीक्षण गरी २६ वटा खान नमिल्ने र ६ वटा केही दिन पर्खेर खान मिल्ने अवशेष पाएको थियो । यो वर्ष तरकारी तथा फलफूलमा अत्याधिक विषादी प्रयोग गरेको पाइएको थियो । सो एक महिनामा विषादी परीक्षणमा कालीमाटी तथा फलफूल तरकारी बजार भित्रियाको तरकारीमा १३.९० प्रतिशत विषादी पाएको थियो । यस्तै, ३.२१ प्रतिशत केही दिन राखेर खान मिल्ने विषादीका अवशेष पाएको थियो । शर्माले यसपछि निरन्तर तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न थाले पछि घट्दै गएको बताए ।

यस्तै, आर्थिक वर्ष २०७१/०७२ मा १५ सय ७० वटा नमुनामा चारवटा खाना नमिल्ने विषादी पाएको थियो । जसमा ०.२५ प्रतिशत विषादी पाइएको थियो । यस्तै, केही दिन राखेर खाना मिल्ने तरकारी १५ वटा नमुना थियो । जसमा ०.९६ प्रतिशत थियो । यस्तै, ९८.७९ प्रतिशत खाना मिल्ने रहेको केन्द्रको तथ्यांकले देखाएको छ ।

यस्तै, २०७२/२०७३ मा केन्द्रले १९ सय ३६ नमुना परीक्षण गरेकोमा १० वटामा खान नमिल्नेमा ०.५२ प्रतिशत विषादी पाइएको थियो । यस्तै, २०७३/७४ केन्द्रले १९ सय ३० वटा नमुना परीक्षण गरेका २२ वटा खान मिल्नेमा १.१४ प्रतिशत विषादी पाइएको थियो । यसैगरी, आर्थिक वर्ष २०७४/७५ १८ सय ५० तरकरी तथा फलफूलमा नमुना परीक्षण गरेका जम्मा तीनवटा नमुनामा मात्र खान नमिल्ने विषादी पाइएको छ ।

यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा २९ यस १४ वटा नमुना परीक्षण गरिएकामा दुई वटामा मात्र खान नमिल्ने विषादी पाइएको केन्द्रको तथ्यांकले देखाएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।