१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त



अ+ अ-

एजेन्सी । भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ(सीडीएस) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त हुनुभएको छ । 

रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहनुभएको थियो । 

नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ ।

भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ हुनुभएको छ । भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध रहनुभएको छ ।