१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखरलाई मेरो समर्थन छ भन्नु गलत हो– पौडेल



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १४ महाधिवेशनको मतदानका लागि अब १२ घन्टामात्र बाँकी छ । आज राति १२ बजेसम्म अन्तिम नामावली प्रकाशन हुन लागेको छ भने अरु निर्वाचनको प्रक्रिया पनि पूरा भएको छ । 

यसै सिलसिलामा सभापतिमा कसले बाजी मार्छ भन्ने कुराले धेरै चर्चा पाएको छ । त्यसमा आ–आफ्नै दाबी रहेका छन् । निर्वाचन प्रक्रियाको सुरुआत हुनै लाग्दा उता काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको निर्वाचन प्रक्रियाबाट अलग रहेको विज्ञप्ति अकस्मात प्रकाशन गरेपछि यता यस विषयले पनि व्यापकता पाएको छ । 

उनले आफूलाई एक पटक सभापतिमा छोडिदिन आफ्नो अर्थात् १३ औँ महाधिवेशनपछि आजका दिनसम्म पौडेल पक्ष भनिएको समूहसँग आग्रह गरेका थिए । तर उनलाई शेखर कोइराला र प्रकाशमान सिंहले भने मानेनन् । त्यसपछि भावुक भएका उनले आफू निर्वाचन प्रक्रियाबाट नै अलग भएको घोषणा गरेका थिए । 

यसैबीच आज साँझ सभापतिका एकजना उम्मेदबार शेखर कोइरालाले आफूलाई रामचन्द्र पौडेलको पनि साथ रहेको भनी गरेको प्रचारको पौडेलले भने खण्डन गरेका छन् । 
पौडेलले भने– मैले निर्वाचन प्रक्रियाबाट नै आफूलाई अलग गरेकाले म यो वा त्यो पक्षमा भनेर मत माग्दिन, कसैले मलाई समर्थन छ भनेर मेरो नाम प्रचार गर्नु राम्रो होइन । यसरी पौडेलले शेखरको भनाईमा सत्यता नरहेको स्पष्ट गरेका हुन् । 

उता गएराति प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेललाई आफ्नै निवासमै पुगेर भेटेका थिए । त्यस भेटका क्रममा प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा पार्टी चुनावमा गए पार्टीले स्पष्ट बहुमत ल्याउने र त्यसपछि पौडेललाई राष्टपतिको उम्मेबार बनाउने बताएका थिए । त्यसपछि पौडेल पनि मौन रहेका बताइएको छ ।

देउवा पक्षले भने पौडेलले आफूहरुलाई सहयोग गर्ने आस्वासन पाएको बताएको छ । तर देउवा पक्षले यो कुरा भने सार्वजनिक गरेको छैन । तर शेखरले भने आफूलाई पौडेलको साथ रहेको भनेर दुस्प्रचार गरिरहेको देउवा पक्षको आरोप छ ।