काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्व अर्थमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गरेका छन् । उमेरले ६२ पुगेका कार्की प्रतिनिधि सभा सदस्यसमेत रहेका छन् ।
एक वर्ष अगाडि पत्निको निधन भएपछि कार्कीले उत्सवशम्शेर राणाकी नातिनीसँग विवाहको टुङ्गो लगाएका थिए । स्रोतका अनुसार कार्कीका दुई पत्नीको निधन भईसकेको छ । उनको दोस्रो पत्नीको क्यान्सरका कारण निधन भएको थियो ।
कार्कीले विवाह गरेका युवतीको उमेर अन्दाजी ३६ वर्षको रहेको बताइएको छ ।