१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हो एमआरआई ? किन सहज छैन एमआरआई सेवा ?



अ+ अ-

काठमाडौँ । सिटी स्क्यानबाट पत्ता नलागेको वा द्विविधामा परेको रोग पत्ता लगाउन प्रयोग गरिने म्याग्नेटिक रिसोन्सेस इमाजिङ ९एमआरआई०को प्रयोग बढ्दो छ । उपत्यकाका ठूला अस्पतालमा एमआरआईको प्रयोग हुने गरेको छ तर सर्वसाधारणका लागि एमआरआई सहजै र सुलभ मूल्यमा पाउन कठिन छ ।


धेरै बिरामीलाई त एमआरआई ‘आकाशको फल आँखा तरी मर’जस्तै छ । एक त प्रविधि नै महँगो छ भने अर्कातिर बिरामी सिफारिस गर्ने चिकित्सकलाई दिनुपर्ने कमिसनले एमआरआई सेवा झनै महँगो बनाएको छ । उपत्यकाका केही सरकारी र निजी स्वास्थ्य संस्थाबाहेक केही मेडिकल कलेजसँग पनि एमआरआई सेवा त उपलब्ध छ तर सेवा शुल्कमा भने एकरूपता छैन ।

के हो एमआरआई ?
एमआरआई उच्चस्तरको प्रविधि हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेडियोलोजिस्ट डा। डीबी कार्कीका अनुसार चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । डा. कार्कीले एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने जानकारी दिनुभयो ।
आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ ।  एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातु, मोबाइल, फोन, घडी, क्रेडिट कार्ड तथा विद्युतीय उपकरण एमआरआई गरिएको स्थानमा लैजान मिल्दैन  ।  

वीर अस्पतालका पूर्वनिर्देशक तथा वरिष्ठ रेडियोलोजिस्ट डा. स्वयमप्रकाश पण्डितले एमआरआईले सबैजसो रोग पत्ता लगाउन सहयोग गर्ने बताउनुभयो । उहाँले कसैको खुट्टा चल्दैन, खुट्टा झमझम गर्छ भने त्यस्तो अवस्थामा पनि एमआरआई प्रयोग गरिने बताउनुभयो । मुख्यतया नसाको रोगमा एमआरआई प्रयोग गर्ने गरिन्छ । थाई, कम्मर तथा अन्य विभिन्न भागको मासुमा ट्युमर पलाएको अवस्थामा समेत एमआरआई प्रयोग गर्न सकिन्छ ।

अत्यधिक महँगो सेवा
विदेशमा विकसित प्रविधि एमआरआई नेपालीका लागि सस्तो भने छैन । डा. पण्डितका अनुसार नेपालमा एमआरआई जडान गर्न आठ करोडदेखि १६ करोड रुपियाँसम्म पर्छ । बिरामीले तिर्ने सेवा शुल्क नै एमआरआईको लागत हो । स्वास्थ्य संस्थाले आर्जन गर्ने चर्को मुनाफाले पनि एमआरआई सस्तो हुँदैन ।

सरकारी अस्पतालमा समेत एमआरआई सुलभ छैन । अस्पतालका अनुसार सातदेखि नौ हजार रुपियाँ शुल्क लाग्छ । निजी क्षेत्रमा एमआरआई झनै बढी महँगो हुने गर्छ । सरकारी अस्पतालमा घर भाडा नपर्ने, चिकित्सक सरकारअन्तर्गत हुने भएकाले थप भत्ता दिइरहनु नपर्ने, मेसिन पनि सरकारले नै खरिद गर्ने हुनाले सरकारीमा केही सस्तो पर्र्ने भए पनि रकम सानो भने होइन ।

सरकारीमै सहज छैन
बढ्दो रोगसँगै सिटी स्क्यानले समेत पत्ता लगाउन नसकेका रोगहरूमा चिकित्सकले एमआरआईका लागि प्रेस्क्रिप्सन गर्ने गर्छन् । तर सरकारी स्वास्थ्य संस्थामा एमआरआई सेवा न्यून मात्रामा रहेको पाइन्छ । सरकारी अस्पतालमध्ये उपत्यकामा वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र एमआरआई सेवा उपलब्ध छ । अन्य सरकारी अस्पतालमा

एमआरआई सेवा छैन । निजी क्षेत्रबाट सञ्चालित कतिपय स्वास्थ्य संस्थामा मात्र एमआरआई सेवा छ । उपत्यका नजिकै धुलिखेल अस्पतालमा समेत एमआरआई सेवा छ । यी अस्पतालमा दैनिक ८ देखि २० जना बिरामीले एमआरआईमार्फत सेवा लिइरहेका हुन्छन् ।

पालो कुर्दै हैरान
वीर अस्पतालमा एमआरआई गराउन महँगो शुल्कसँगै पालो कुर्नुपर्ने बाध्यता छ । वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरी एमआरआईका लागि एक सातासम्म पालो कुर्नुपर्ने बताउनुहुन्छ । “बिरामीको सङ्ख्या अत्यधिक भएकाले हामीले तत्काल एमआरआई सेवा दिन सकिरहेका छैनौँ’’, निर्देशक डा.सेन्चुरीले थप्नुभयो, “अत्यधिक बिरामीको चापका कारण बिरामीले केही दिन पालो कुर्नैपर्छ ।”

यस्तै त्रिवि शिक्षण अस्पतालमा समेत तीनदेखि पाँच दिनसम्म पालो कुर्नुपर्ने हुन्छ । त्यहाँ पनि बिरामीको चाप भएकाले एमआरआईमा पालो पाउन मुस्किल छ । अस्पतालका निर्देशक डा। प्रेम खड्गाले गत वर्ष मात्र जापान सरकारले एमआरआई मेसिन दिएकाले उपचारमा सहज भइरहेको जानकारी दिनुभयो । “दैनिक १५ देखि २० जनासम्मलाई हामीले सेवा दिइरहेका छौँ”, निर्देशक खड्गाले भन्नुभयो, “अस्पतालमा एमआरआई गर्दा आठ देखि १६ हजार रुपियाँसम्म लिने गरेका छौँ । ”
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत एमआरआई सेवा उपलब्ध छ । पाटनमा एमआरआई गराउँदा आठ देखि २५ हजार रुपियाँसम्म लाग्ने गर्छ । अस्पतालका रेडियोलोजिस्ट विभाग प्रमुख डा। डीबी कार्कीले पाटनमा दैनिक सातदेखि १२ जनासम्मको एमआरआई हुने गरेको जानकारी दिनुभयो ।


धुलिखेल अस्पतालमा भने एमआरआई सेवा अन्य सरकारी अस्पतालका तुलनामा कम शुल्कमा हुने गरेको छ । धुलिखेल अस्पतालका निर्देशक डा. रमेश मकाजूले धुलिखेल अस्पतालमा चारदेखि आठ हजार रुपियाँमा एमआरआई सेवा लिन सकिने जानकारी दिनुभयो । दैनिक सातदेखि १० जनासम्मले एमआरआई सेवा लिने गरेको भन्दै उहाँले अन्य अस्पतालको तुलनामा कम मूल्यमा सेवा दिइरहेको बताउनुभयो ।

एमआरआईका फाइदा
वरिष्ठ रेडियोलोजिस्ट डा. स्वयमप्रकाश पण्डितका अनुसार एक्सरे र सिटी स्क्यानमा जस्तो रेडिएसन एमआरआईमा हुँदेन । एमआरआई चुम्बकीय शक्ति प्रयोग गरेर बनाइएको हुन्छ । यसको आफ्नै किसिमको विशेषता हुन्छ । एमआरआईको समयमा म्याग्नेटिक वस्तु छ भने भित्र लानै हुँदैन । टाउकोमा कुनै क्लिप लगाएको छ भने म्याग्नेटले तान्दिन सक्छ ।

डा.कार्कीले पेसमेकर लगाएको बिरामीलाई एमआरआई गराउन गाह्रो हुने जानकारी दिनुभयो । उहाँले पेसमेकर यताउति हुनेबित्तिकै खतरा हुने भन्दै कुनै पनि चुम्बकीय वस्तु एमआरआई गर्ने बेला भित्र लानै नहुने बताउनुभयो । डा. कार्कीका अनुसार कृत्रिम दाँत लगाएको छ भने पनि फुकालेर मात्र एमआरआई गर्नुपर्ने हुन्छ । दाँतमा कुनै तार लगाएको छ भने पनि त्यसले असर गर्न सक्छ । दाँतमा प्लाटिनम लगाएको छ भने असर गर्छ । एमआरआईको फाइदामा सबै किसिमको रोग पत्ता लगाउन सकिन्छ ।

एमआरआई बिग्रँदा सास्ती

नेपालको सबैभन्दा ठूलो वीर अस्पतालमा म्याग्नेटिक रिसोन्सेस इमाजिङ (एमआरआई) मेसिन बिग्रिएको ५३ दिनपछि चार दिनअघि शुक्रबारबाट सञ्चालनमा आएको छ । दुई महिनाभन्दा बढी समय एमआरआई सञ्चालनमा नआउँदा सेवाग्राहीलाई समस्या भएको थियो ।
अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले नेपालमा सामान नपाइएकाले बिग्रिएको एमआरआई बनाउन ढिलाइ भएको जानकारी दिनुभयो । भारतबाट प्राविधिक टोली आएर एमआरआई बनाएपछि सुचारु भएको जानकारी उहाँले दिनुभयो ।

उपत्यकाबाहिर निजीमा मात्रै
एमआरआई सेवा उपत्यकाबाहिर निजी क्षेत्रमा मात्र रहेका छन् । चितवन, विराटनगर, नेपालगन्ज, पोखरा लगायतका मुख्य सहरी क्षेत्रमा सरकारीमा एमआरआई सेवा छैनन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज नेपालका पूर्वअध्यक्ष प्राडा सुरेशकुमार कनोडियाले अधिकांश मेडिकल कलेजमा एमआरआई सेवा रहेको जानकारी दिनुभयो ।


उहाँले नेपालगन्ज, विराटनगर, पोखरा, भरतपुर जस्ता सहरका मेडिकल कलेजमा एमआरआई सेवा रहेको जानकारी दिनुभयो । मेडिकल कलेजमा एमआरआई शुल्क भने १० देखि २५ हजार रुपियाँसम्म पर्छ ।

उपत्यकाबाहिर अझै दुर्लभ
उपत्यका बाहिरका सरकारी अस्पतालहरूमा एमआरआई सेवा सञ्चालनमा छैनन् । केन्द्रीय सरकारअन्तर्गत भरतपुर अस्पतालका निवर्तमान निर्देशक डा। विश्वबन्धु बगालेले भरतपुर अस्पतालमा हालसम्म एमआरआई सेवा नरहेको जानकारी दिनुभयो । उहाँले कुनै बिरामीलाई एमआरआई सेवा आवश्यक भएमा निजी क्षेत्रमा रिफर गर्ने गरिएको जानकारी दिनुभयो । डा। बगालेका अनुसार भरतपुर अस्पताल केन्द्रीय अस्पताल भइसकेपछि एमआरआई सेवा सुचारु हुनुपर्ने बताउनुभयो ।

यस्तै उपत्यकाबाहिरको सबैभन्दा ठूलो विराटनगरस्थित कोसी अस्पतालमा समेत एमआरआई सेवा छैन । ओपीडीमा मात्र दैनिक एक हजारभन्दा बढी बिरामी आउने कोसी अस्पताल पछिल्लो समय केन्द्रीय अस्पतालका रूपमा रहेको छ । अस्पतालका निर्देशक डा। रोशन पोखरेलले हालसम्म एमआरआई सेवा नरहेको जानकारी दिनुभयो । उहाँले बिरामीको चापअनुसार अस्पतालमा एमआरआई सेवा अत्यावश्यक रहेको बताउनुभयो ।


निजी अस्पतालको छाता सङ्गठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपालका महासचिव होमराज दाहालले उपत्यकाभित्रका हरेक निजी अस्पतालमा एमआरआई सेवा रहेको जानकारी दिनुभयो । उपत्यकाबाहिरका कतिपय अस्पतालमा एमआरआई सेवा विस्तार भइरहेको जानकारी दिँदै दाहालले निजी अस्पतालमा १० देखि २५ हजार सेवा शुल्क लाग्ने बताउनुभयो ।

कतिपय निजीमा पनि सहज
निजी क्षेत्रबाट सञ्चालित संस्थाले पनि विभिन्न अफर ल्याई एमआरआई सेवा सहज बनाउने गरेका छन् । नक्सालस्थित एमआरआई सेन्टरमा सात हजार रुपियाँमा एमआरआई सेवा दिने गरेको जनाइएको छ । सेन्टरका वरिष्ठ रेडियोलोजिस्ट डा। निर्मल न्यौपानेले सेन्टरले सात हजार रुपियाँमा तत्कालै एमआरआई सेवा दिने गरेको बताउनुभयो ।


बिरामीलाई सुविधा दिन सेन्टरले हालै मात्र एमआरआईमा नयाँ योजना ल्याएको ल्याएको हो । डा. न्यौपानेले सेन्टरले २०औँ वर्ष प्रवेश गरेको अवसरमा सोमबारदेखि ३३ देखि ५० प्रतिशतसम्म छुट दिएर सात हजार रुपियाँमा सेवा दिने गरेको दाबी गर्नुभयो । उहाँले डाक्टरलाई कमिसन नदिने हो भने अझै सस्तोमा सेवा दिन सकिने पनि बताउनुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।