७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्ला कर्णाली नदीको किनारमा एक महिलाको शव फेला



अ+ अ-
सांकेतिक तस्विर

सिमकोट । हुम्ला कर्णाली नदीको किनारमा एक महिलाको शव फेला परेको छ। सर्केगार्ड गाउँपालिका ४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा बुधबार बिहान ११ बजेतिर एक महिलाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए।

ढकालका अनुसार शव सर्केघाड प्रहरीको निगरानीमा राखिएको छ। असार ३ गते खार्पूनाथमा भएको जीप दुर्घटनामा बेपत्ता भएका खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु हमाल शाहीको हुनसक्ने आशका रहेको उनले बताए ।

असार ३ गते सिमकोटदेखि यांचुकुनातर्फ जाँदै गरेको जीप खार्पुनाग गाउँपालिकाको बेडुबिसौनामा दुर्घटना हुँदा उपाध्यक्ष सिन्धु शाही हमालसहित ११ जना अहिलेसम्म बेपत्ता छन्।