४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

प्रतिस्पर्धी शिक्षाका लागि सरकार चिन्तनशील : प्रधानमन्त्री ओली

प्रतिस्पर्धी शिक्षाका लागि सरकार चिन्तनशील : प्रधानमन्त्री ओली
अ+ अ-

कीर्तिपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तन र रूपान्तरणका विषयसँग त्रिभुवन विश्वविद्यालयको अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । उहाँले सामाजिक परिवर्तन र आवश्यकताअनुरूप शिक्षा क्षेत्र प्रभावित हुँदै जानेसमेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुधबार आयोजित त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक दिवस बैठकमा विश्वविद्यालयमा बेथिति हुन नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यस्तो संस्थामा कुनै पनि प्रकारको बेथिति र अनियमितता हुनु हुँदैन । यस्तो भयो भने जोसुकैबाट बेथिति भए पनि अनुहार हेरिने छैन । ”
त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्राथमिक शिक्षासँगै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पु¥याउन आवश्यक रहेको चर्चा गर्दै त्यसका लागि व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिक रूपमा अगाडि बढाउँदै लैजानुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मानव संशाधन प्रक्षेपणले मुलुकमा आवश्यक दक्ष जनशक्तिबारे आँकडा दिएकाले मुलुकको आवश्यकताअनुरूप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नुुपर्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षातर्फ हाम्रा उपलब्धि पर्याप्त नभएको चर्चा गर्दै प्राविधिक शिक्षातर्फ दक्ष जनशक्तिको आकारलाई बढाउँदै लैजानुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले कृषिमा रहेको पछौटेपनबाट फड्को मार्न र ४५ प्रतिशत वन क्षेत्रबाट राष्ट्रले लाभ लिन दक्ष प्राविधिक एवं विशेषज्ञताको आवश्यक रहेको बताउनुभयो । उहाँले अरू व्यवसायजस्तो शिक्षा क्षेत्र नभएको स्पष्ट पार्दै भन्नुभयो, “के चल्छ भनेर थापिने पसलजस्तो शिक्षा क्षेत्र होइन । देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति उत्पादनलाई ध्यानमा राखेर निजी क्षेत्रले लगानी गर्नुपर्छ ।” उहाँले मानव संसाधन प्रक्षेपण र प्रस्तुत शिक्षा नीतिलाई व्यवस्थित र परिमार्जित गरेर नेपालको शिक्षा क्षेत्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने गरी अगाडि बढाउन सरकार गम्भीर ढङ्गले चिन्तनशील रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शैक्षिक संस्था शान्तिको सन्देश दिने पवित्र मन्दिर भएको बताउनुभयो । उहाँले बेठीक कामको संरक्षण नहुने स्पष्ट पार्दै थप्नुभयो, “मेरो पहुँच छ, माथिसम्म चिनजान छ, निकटता छ भन्ने कुराले कुनै पनि काम लाग्दैन । कामअनुसारको व्यवहार हुनेछ । बिनापूर्वाग्रह राम्रो काम गर्ने पुरस्कृत र नराम्रो काम गर्ने दण्डित हुनेछ ।”

उहाँले साग बेच्नेसँग उठाएको कर शिक्षण संस्थामा खर्च गरिएकाले शिक्षण संस्थामा बेथिति र तोडफोड गर्ने कार्य मान्य नहुने बताउनुभयो । प्रधानमन्त्रीले आफ्ना जायज माग सुनाउन र पूरा गराउन कुनै बलजफ्ती गरिरहनु नपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालय र अन्य शिक्षण संस्थाका साथीलाई भन्छु, जायज कुराप्रति शिर झुकाएर मान्न तयार छु । केही जोरजुलुम गर्नै पर्दैन । हाम्रा कुरा सुनिदैन कि भन्नै पर्दैन । जायज कुराको सुनुवाइ हुन्छ ।”

उहाँले गुरुहरूको पनि गुरु विश्वविद्यालय भएकाले शिक्षाको गुणस्तर अभिवृद्धि र संस्थागत विकासका लागि त्रिविको अहम् भूमिका रहने बताउनुभयो । प्रधानमन्त्री ओलीले त्रिविको ६०औँ वार्षिक दिवसको उपलक्ष्यमा झण्डोत्तोलनका साथै नवनिर्मित भवन र सोही स्थानमा निर्मित सरस्वती मन्दिरको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविविको उन्नति, विकास र सहयोगका लागि सरकारले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले सेमेस्टर प्रणालीको विस्तार, प्रविधियुक्त नयाँ शैक्षिक कार्यक्रमको विस्तार, खुला तथा दूरशिक्षा, विश्वस्तरको विश्वविद्यालयको सूचीमा त्रिविको प्रवेशलगायत त्रिविको उन्नतिप्रति खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा उपकुलपति प्राडा तीर्थराज खनियाँले मुलुकमा ११ वटा विश्वविद्यालय रहे पनि उच्च शिक्षामा ८० प्रतिशत विद्यार्थीलाई त्रिविले गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभयो । कार्यक्रममा रजिस्ट्रार डिल्लीराम उप्रेतीले सभामा ५७औँ ग्रेस लिस्टको सङ्क्षिप्त विवरण पेस गर्नुभएको थियो ।
त्यस्तै, शिक्षाशास्त्र सङ्कायका डीन प्राडा कृष्णप्रसाद गौतम, कानुन सङ्कायका डीन प्राडा विजयसिंह सिजापति, व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराज शर्मा, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्राडा शिवलाल भुसालले ग्रेस लिस्ट प्रस्तुत गर्नुभयो ।

यसैगरी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा। रामचन्द्र सापकोटा, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा जगदीशप्रसाद अग्रवाल, कृषि र पशु विज्ञान अध्ययन संस्थानका डीन प्राडा केशवराज अधिकारी, वन विज्ञान अध्ययन संस्थानका डीन प्राडा कृष्णराज तिवारी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा रामप्रसाद खतिवडाले विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ५७ औँ ग्रेस लिस्टमा समाविष्ट ७० हजार विद्यार्थीलाई सम्बन्धित उपाधि प्रदान गर्न सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभाले सो प्रस्ताव स्वीकृत गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।