१९ आश्विन २०८१, शनिबार
,
Latest
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिलोमाथि रातो कार्पेट : यस्तो पो प्रधानमन्त्रीको समृद्धि यात्रा



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री केपी ओलीले हिलोमाथि ओच्छ्याइएको रेड कार्पेटमा हिँडेर उपकुलपति कार्यालयको नवनिर्मित भवन र सरस्वतीको मन्दिर उद्घाटन गरे । त्रिविको वार्षिक दिवस बैठकले ५७ औँ ग्रेस लिस्ट पारित गरेको छ । गत वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी कार्यक्रममा गरी ७० हजार ७७ जनशक्ति उत्पादन भएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा एकै वर्षमा ७० हजार जनशक्ति उत्पादन गरेका छन् । त्रिविका त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक दिवसको अवसरमा आयोजित त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ग्रेस लिस्ट पारित गरेको हो ।

त्रिविका पाँचवटा अध्ययन संस्थानबाट ११ हजार ९ सय १२ जना र चारवटा संकायबाट ५८ हजार १ सय ६५ विद्यार्थी उत्तीर्ण भएका छन् । व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८, शिक्षाशास्त्र संकायबाट २० हजार ६, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १३ हजार ६ सय ९५ र कानुन संकायबाट १ हजार ६ सय ६६ उत्तीर्ण भएका छन् । त्यस्तैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ४ सय ५२, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ९ सय ७२, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ७ सय १९, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट ५ सय ५ र वन विज्ञान अध्ययन संस्थानबाट २ सय ६४ उत्तीर्ण भएका हुन् । १ असार ०७५ देखि ०७६ जेठ मसान्तसम्म विभिन्न तहमा उत्तीर्ण भई ट्रान्सक्रिप्ट पाएका विद्यार्थीको ग्रेस लिस्ट पारित भएको हो ।

वार्षिक दिवस बैठकमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयले देशको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनले विश्वविद्यालयबाट प्राविधिक जनशक्ति वृद्धि गर्नुपर्ने बताए । सरकारले देशलाई कुन–कुन क्षेत्रमा कति संख्यामा के–कस्तो प्राविधिक जनशक्ति चाहिन्छ भनेर तथ्यांक संकलनको लागि काम भइरहेको र आवश्यक जनशक्ति विश्वविद्यालयहरूबाटै उत्पादन गरिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । उनले विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरूलाई पवित्र मन्दिरको रूपमा विकास गर्नका लागि बेथिति र अनियमितताको अन्त्य हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको स्थापना कालदेखि ०३९ सालसम्मको इतिहास लेखन पुस्तकको विमोचन गरे । त्रिविको भिजन २०२०–३०, त्रिवि विशेषांक र त्रिवि टुडे प्रकाशनहरू विमोचन गरे । उनले त्रिवि उपकुलपति कार्यालयको नवनिर्मित भवन र सोही परिसरमा स्थापित सरस्वतीको मन्दिरसमेत उद्घाटन गरे ।
कार्यक्रममा त्रिवि सेवामा २५ वर्षभन्दा बढी सेवा गरेका १ सय ९६ शिक्षक कर्मचारी दीर्घसेवा पदक र सम्मानपत्रबाट सम्मानित भएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।