एजेन्सी । मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरी हरनाज सान्धुले जितेकी छन् । ७० औँ मिस युनिभर्समा भारतका लागि २१ वर्षपछि सान्धुले ताज जिताएकी हुन् ।
मोडलिङसँगै प्रशासनमा स्नातकोत्तर गरिरहेकी सान्धुले ताज पहिरिएपछि सबैलाई धन्यवाद दिएकी छन् । ‘म परमात्मा, मेरो बुबाआमा र मिस इन्डिया संगठनप्रति आभारी छु, जसले मेरो लागि प्रार्थना गर्नुभयो सबैलाई माया,’ उनले भनेकी छन् ।
यसअघि सन् २००० मा भारतीय अभिनेत्री लारा दत्ताले यो ताज जितेकी थिइन् । इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्वमिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिएकी थिइन् ।
हरनाजले सन् २०२१ को अक्टोबरमा ‘मिस युनिभर्स इन्डिया’ को ताज जितेकी हुन् । उनी थुप्रै सुन्दरी प्रतियोगिता पनि जित्न सफल छिन् ।