१९ आश्विन २०८१, शनिबार
,
Latest
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको वार्षिक समीक्षामा मन्त्रालयगत ब्रिफिङ



अ+ अ-

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको नीति तथा बजेट कार्यान्वयनको समीक्षा सुरु गरेको छ । समीक्षामा सबै मन्त्रालयले वर्षभरि भएका उपलब्धि प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । उनीहरूले ६ घन्टा लगातार चालू वर्षको प्रगति विवरणबारे ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बिहीबारबाट सुरु समीक्षामा १९ मन्त्रालयले चालू आर्थिक वर्षका उपलब्धि सुनाए । शुक्रबार ब्रिफिङ सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनात्मक मन्तव्य प्रस्तुत गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

सचिवहरूले सुनाएका अधिकांश उपलब्धिहरू मन्त्रालयका नियमित कामहरू छन् । शिक्षा मन्त्रालयले विद्यालयमा निःशुल्क किताब वितरण गरेको र केही जिल्लालाई साक्षरता उन्मूलनको घोषणालाई उपलब्धिका रूपमा लिएको छ ।

त्यस्तै, गृह मन्त्रालयले प्रगति विवरणका रूपमा सबै स्थानीय तहमा प्रहरी चौकी पुर्‍याएको र सबै जिल्लामा सशस्त्रको गण पुर्‍याएको विषय उल्लेख गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयले ९ सय १५ किमि सडक कालोपत्रे भएको प्रगति विवरण पेस गरेको छ । जयनगर–जनकपुर–कुर्थामा ३५ किमि रेललाइन तथा रेल्वे स्टेसन तयार भएको र आगामी असोजसम्ममा रेल सञ्चालन हुने पनि जनाएको छ ।

कुन मन्त्रालयले के उपलब्धि सुनाए ?

ऊर्जा,जलस्रोत तथा सिँचाइ

चालू आर्थिक वर्षमा १ सय ९५ मेगावाट विद्युत् थप उत्पादन भई नेपालको विद्युत् उत्पादन १ हजार ३ सय २५ मेगावाट पुगेको ।


थप ४ लाख २० हजार घरधुरीमा विद्युतीकरण


जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत तीन जलविद्युत् आयोजनामा जनताको सेयर सुनिश्चित


नेपाल भारतको प्रतिस्पर्धात्मक विद्युत् बजारमा सहभागी हुन पाउने समझदारी सम्पन्न । बंगलादेशमा बिजुली निर्यात गर्न सकिने गरी दुई देशबीच सीधा प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी अध्ययनको सहमति ।

भौतिक पूर्वाधार तथा यातायात

चालू वर्षमा ९ सय १५ किमि सडक कालोपत्रे, १ हजार ५० किमि ग्राभेलस्तरको सडक, ३ सय १५ किमि पुल निर्माण ।


जयनगर–जनकपुर–कुर्था (३५ किमि) रेललाइन तथा रेल्वे स्टेसन तयार भई आगामी असोजसम्ममा सञ्चालन हुने ।

रक्सौल–काठमाडौं (१३५ किमि) र काठमाडौं – रसुवागढी (७२ किमि) रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार
कृषि तथा पशुपन्छी

अघिल्लो वर्षको तुलनामा चालू वर्षमा खसीबोका आयात ४६.९ प्रतिशतले घटेको
खानेपानी

५ सय २६ वटा खानेपानी आयाजनाहरू सम्पन्न भई २ लाख ८० हजार ८३९ जनसंख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित ।


मन्त्रालयमातहतका विभिन्न निकायबाट १८ वटा ठूला खानेपानी आयोजना सम्पन्न भई २ लाख २३ हजार ९९१ जनसंख्या उच्च र मध्यमस्तरका खानेपानी सेवाबाट लाभान्वित भएको ।


सञ्चार तथा सूचना प्रविधि

सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने कार्य अन्तिम चरणमा ।

६ करोड ३२ लाखको पत्रकार वृत्ति कोष स्थापना, राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना भई सञ्चालनमा आएको ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

विभिन्न क्षेत्रमा गुरिल्ला ट्रेल र यार्सा ट्रेल ६८ किमि निर्माण सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नतिअन्तर्गत धावनमार्गको विस्तार गर्ने कार्य ६० प्रतिशत सम्पन्न, २१ घन्टा

विमानस्थल सञ्चालनमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ७३, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा ४२ प्रतिशत प्रगति ।

उद्योग, वाणिज्य तथा आपूर्ति

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर ट्रकमा इन्धनको परिमाण मापन गर्न हेटौँडामा दैनिक १५ वटा ट्यांकर ट्रक क्यलिब्रेसन क्षमताको पूर्वाधार निर्माण गरी सञ्चालन गरिएको ।

टिमुरेमा चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु, सिन्धुपाल्चोकको लार्चामा सुख्खा बन्दरगाह निर्माण सम्पन्न भई तातोपानी नाका खुलेको ।

मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण कार्य सम्पन्न ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

भू–उपयोग क्षेत्र वर्गीकरण, नक्सांकन र सोसम्बन्धी ऐन तर्जुमा, नापनक्सा र भू–सूचना प्रविधिमा अत्याधुनिक प्रविधिको सुरुवात

सगरमाथा आरोहण, उचाइ मापनको फिल्ड कार्य सम्पन्न ।
वन तथा वातावरण

२ हजार ४४ हेक्टर अतिक्रमण हटाई वनको पुनस्र्थापना ।

४ हजार हेक्टर क्षेत्रफल वृक्षारोपण गर्ने लक्ष्य लिइएकामा ४ हजार १ सय हेक्टर वृक्षारोपण भएको ।

राजस्व संकलन १ अर्ब १८ करोड तथा कोष, समिति, संस्थानले गरेको आम्दानी १ अर्ब ३८ करोड रहेको ।

शिक्षा, विज्ञान तथा प्रविधि

५६ लाख ३८ हजार २ सय ७० विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण, ५१ जिल्लालाई साक्षर घोषणा तथा थप ८ जिल्ला साक्षर घोषणाको तयारीमा ।

स्वास्थ्य तथा जनसंख्या

स्वास्थ्य बिमा गर्नेको संख्या १८ लाख नाघेको,

हरेक प्रदेशमा कम्तीमा एक विशिष्टीकृत सेवासहितको अस्पताल रहने नीतिअनुरूप ५ अस्पतालहरू : कोसी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेल्धुरा उपक्षेत्रीय अस्पताल संघीय सरकारअन्तर्गत रहने गरी विशिष्टीकृत सेवासहितको सेवा सञ्चालन गर्ने गरी तृतीय तहको अस्पतालमा स्तरोन्नति ।

खोप सेवा प्राप्त गर्ने जम्मा बालबालिकाको संख्या ९३ लाख ३९ हजार ७ सय ९७ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम १४ जिल्लाबाट २९ जिल्लामा विस्तार ।

मानव बेचविखन तथा ओसारपसारमा परेका ३११ नेपालीलाई भारत र म्यानमारबाट उद्धार तथा स्वदेश फिर्ता गरिएको ।

युवा तथा खेलकुद

१ अर्ब ४६ करोड ८० लाख ५० हजार कर्जा लगानी गरी ११ हजार ८ सय ७९ जना स्वरोजगार भएका ।

३ हजार ६ सय ७२ जना व्यवसायीहरूलाई ४ करोड २ लाख ७९ हजार ब्याज अनुदान ।

मूलपानी क्रिकेट रंगशालामा १२ सय ६५ मिटर लामो बाउन्ड्री वाल निर्माण कार्य सम्पन्न भएको

संघीय मामिला तथा सामान्य प्रशासन

संघमा ३९ हजार ५ सय ३३, प्रदेशमा १३ हजार ७ सय ९० तथा स्थानीय तहमा ३१ हजार ७ सय ८ सहित ९९ हजार ५ सय ७२ जना कर्मचारीहरू समायोजन भैसकेको

परराष्ट्र

दोस्रो बिआरआई फोरमबाट नेपाल–चीन क्रस बोर्डर रेलवे लाइनमा समावेश

तातोपानी नाका कार्गो ढुवानीका लागि सञ्चालनमा आएको

नेपाल–चीन ट्रान्जिट ट्रान्सपोर्ट प्रोटोकलमा हस्ताक्षर, बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता,

बहुपक्षीय बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न, कन्सुलर प्रमाणीकरण सेवा आधा घन्टामा उपलब्ध गराइएको

रक्षा

काठमाडौं–तराई र मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य आयोजनाको डिपिआर तयार गर्ने कार्य स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको ।

राष्ट्रिय सुरक्षा नीति, २०७५ स्वीकृत भई कार्यान्वयनमा आएको ।

शान्ति सेनामा भाग लिन जाने सकल दर्जाका सैनिकहरूको छनोट प्रक्रियालाई थप निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन मिति नयाँ ‘शान्ति सेना छनोट कार्यविधि, २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको ।

गृह

राष्ट्रिय परिचय पत्र व्यवस्थापनसम्बन्धी रणनीतिक योजना तर्जुमा गरी लागू गरिएको । राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली स्थापना गर्ने प्रथम चरणको कार्य सम्पन्न गरी ८० हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको ।

७२३ स्थानीय तहको केन्द्रमा नेपाल प्रहरीका एकाइहरू रहेकामा यस वर्ष ३० स्थान थप गरी ७५३ स्थानीय तहमा नै विस्तार गरी शान्तिसुरक्षाको व्यवस्था मिलाइएको ।

सशस्त्र प्रहरी बल नेपालका गण एवं गुल्महरू ५६ स्थानमा थप गरी हाल ७७ जिल्लामा विस्तार गरी मुलुकको शान्ति सुव्यवस्थालाई थप सुदृढ र प्रभावकारी तुल्याइएको ।

१ सय ७ स्थानमा बोर्डर आउटपोस्ट स्थापना गरी सञ्चालनमा ल्याइएको ।
केन्द्रीय कारागार अस्पताल १५ शय्याबाट ३० शय्यामा स्तरोन्नति गरिएको । नख्खुमा १५ शय्याको मानसिक अस्पताल निर्माण कार्य अन्तिम चरणमा रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।