६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियात्रा सङ्ग्रह विमोचन



अ+ अ-

काठमाडाैं । नियात्राकार गीता रेग्मीको ‘प्रशान्तको तीरैतीर’ र दीपक अर्यालको ‘पाइलाका चुम्बन’ नियात्रा सङ्ग्रह विमोचन गरिएको छ । ओरियन्टल पब्लिकेशनद्वारा प्रकाशित उक्त दुई पुस्तकको आज नियात्रा समाज नेपालका अध्यक्ष वरिष्ठ नियात्राकार प्रतीक ढकालले विमोचन गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ढकालले विश्वलाई जोड्ने काम नियात्राकारले गर्दै आएको बताउँदै नयाँ ठाउँमा घुमेर नियात्रा लेख्नु राम्रो कुरा भएको उल्लेख गर्नुभयो ।

नियात्राकारले स्वदेशका विभिन्न ठाउँको बारेमा पुस्तकमार्फत विश्वका विभिन्न भागमा पु¥याउन सके नेपालको पर्यटन क्षेत्रले गति लिने उहाँको भनाइ थियो । “यात्रा गर्ने व्यक्तिले कहिल्यै हार्दैन, श्रष्टा कहिल्यै मर्दैन,” उहाँले भन्नुभयो ।

लेखक अर्यालको ‘पाइलाका चुम्बन’ नियात्रा सङ्ग्रहमाथि टिप्पणी गर्दै पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं समालोचक अनुपमा रेग्मीले अर्यालको कृतिले नेपाली नियात्रा विधामा नयाँ इँटा थपिएको बताउनुभयो । “घुम्न जाने व्यक्ति धेरै हुन्छन्, तर घुमेको कुरा लेख्ने व्यक्ति कम हुन्छन्, त्यही कम व्यक्तिमध्ये अर्याल पर्नुहुन्छ,” उहाँले भन्नुभयो ।

नियात्राकार रेग्मीको ‘प्रशान्तको तीरैतीर’ नियात्रा सङ्ग्रहमाथि टिप्पणी गर्दै समालोचक भगवती खतिवडाले नेपाली नियात्रा क्षेत्रमा नियात्राकार रेग्मीले छुट्टै पहिचान बनाएको बताउनुभयो ।

समालोचक रेग्मीले यसअघि परिचय कथा सङ्ग्रह, पुस्तान्तर संयुक्त कथा सङ्ग्रह, ज्योतिका युगीन स्वरहरु संयुक्त कथा सङ्ग्रह, पश्चिमाहरुको देशमा नियात्रा सङ्ग्रह, पत्थरै पत्थर नियात्रा सङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ ।