१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियात्रा सङ्ग्रह विमोचन



अ+ अ-

काठमाडाैं । नियात्राकार गीता रेग्मीको ‘प्रशान्तको तीरैतीर’ र दीपक अर्यालको ‘पाइलाका चुम्बन’ नियात्रा सङ्ग्रह विमोचन गरिएको छ । ओरियन्टल पब्लिकेशनद्वारा प्रकाशित उक्त दुई पुस्तकको आज नियात्रा समाज नेपालका अध्यक्ष वरिष्ठ नियात्राकार प्रतीक ढकालले विमोचन गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ढकालले विश्वलाई जोड्ने काम नियात्राकारले गर्दै आएको बताउँदै नयाँ ठाउँमा घुमेर नियात्रा लेख्नु राम्रो कुरा भएको उल्लेख गर्नुभयो ।

नियात्राकारले स्वदेशका विभिन्न ठाउँको बारेमा पुस्तकमार्फत विश्वका विभिन्न भागमा पु¥याउन सके नेपालको पर्यटन क्षेत्रले गति लिने उहाँको भनाइ थियो । “यात्रा गर्ने व्यक्तिले कहिल्यै हार्दैन, श्रष्टा कहिल्यै मर्दैन,” उहाँले भन्नुभयो ।

लेखक अर्यालको ‘पाइलाका चुम्बन’ नियात्रा सङ्ग्रहमाथि टिप्पणी गर्दै पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं समालोचक अनुपमा रेग्मीले अर्यालको कृतिले नेपाली नियात्रा विधामा नयाँ इँटा थपिएको बताउनुभयो । “घुम्न जाने व्यक्ति धेरै हुन्छन्, तर घुमेको कुरा लेख्ने व्यक्ति कम हुन्छन्, त्यही कम व्यक्तिमध्ये अर्याल पर्नुहुन्छ,” उहाँले भन्नुभयो ।

नियात्राकार रेग्मीको ‘प्रशान्तको तीरैतीर’ नियात्रा सङ्ग्रहमाथि टिप्पणी गर्दै समालोचक भगवती खतिवडाले नेपाली नियात्रा क्षेत्रमा नियात्राकार रेग्मीले छुट्टै पहिचान बनाएको बताउनुभयो ।

समालोचक रेग्मीले यसअघि परिचय कथा सङ्ग्रह, पुस्तान्तर संयुक्त कथा सङ्ग्रह, ज्योतिका युगीन स्वरहरु संयुक्त कथा सङ्ग्रह, पश्चिमाहरुको देशमा नियात्रा सङ्ग्रह, पत्थरै पत्थर नियात्रा सङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ ।