११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

बार्सिलोनालाई च्याम्पियन्स लिग जिताउन समर्पित हुनेछु : ग्रिजम्यान

बार्सिलोनालाई च्याम्पियन्स लिग जिताउन समर्पित हुनेछु  : ग्रिजम्यान
अ अ+ अ-

काठमाडौं । बार्सिलोनाले एन्टोइन ग्रिजम्यानलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ । शनिबार राति नोउ क्याम्पमा आयोजित विशेष समारोहबीच बार्सिलोनाले ग्रिजम्यानलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

बार्सिलोनाले ग्रिजम्यानलाई नोउक्याम्पमा सार्वजनिक गर्दा हजारौं समर्थको भिड लागेको थियो । सार्वजनिक कार्यक्रममा ग्रिजम्यानले बार्सिलोनाबाट खेल्ने आफ्नो इच्छा पूरा भएको बताए । उनले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँग खेल्न पाउँदा आफू भाग्यमानी भएको पनि बताए ।

‘म धेरै खुशी र उत्साहित छु । यहाँ नयाँ साथी र टिमसँगै रहेर क्लबको लागि सकेको त्याग गर्नेछु । नयाँ क्लबमा मलाई चुनौती पनि छ । तर त्यो चुनौतीको सामना गर्न म तयार छु,’ ग्रिजम्यानले भने । उनले बार्सिलोनालाई ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जिताउन आफु समर्पित हुने पनि बताए ।

बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) ग्रिजम्यानसँग सम्झौता गरेको हो।

लामो अन्यौलतापछि एथ्लेटिको मड्रिडका ग्रिजम्यान नाउक्याम्पमा आउने भएका हुन् । २८ वर्षीय विश्वकप विजेताले स्पेनिस च्याम्पियनसँग ५ वर्षे सम्झौता गरेका छन् ।उनको रिलिज क्लज ८ सय मिलियन युरो रहेको छ।

रियल सोसिडाडबाट २०१४ मा एथ्लेटिको मड्रिडमा आएका ग्रिजम्यानले २५६ खेलमा १३३ गोल गरेका छन् । उनले जुन २०१८ मा नयाँ सम्झौता गरेका थिए तर, गत मेमा क्लब छाड्ने घोषणा गरेका थिए ।

यससँगै ग्रिजम्यान विश्वका छैटौं महँगा खेलाडी बनेका छन्। नेइमार सर्वाधिक महँगा खेलाडी हुन् भने केलियन एमबाप्पे दोस्रा, फिलिप काउटिन्हो तेस्रा, जोआओ फिलिप चौथौ र उस्मान डेम्बेले पाँचौ महँगा खेलाडी हुन्।

ग्रिजम्यानले एट्लेटिकोबाट युरोपा लिग, स्पेनिस सुपर कप, युइएफए सुपर क्लब जितेका थिए। उनी क्लबका लागि पाँच सिजनमै उच्च गोलकर्ता बनेका थिए।

ग्रिजम्यान बार्सिलोनाले यो सिजनमा भित्र्याएका चौथा खेलाडी हुन्। बार्सिलोनाले अयाक्सबाट फ्रेनकी डे जोङ, भ्यालेन्सियाबाट गोलकिपर नेटो र ब्राजिलियन क्लब एमजीबाट इमरसनलाई भित्र्याएका थियो।

यता एट्लेटिको मड्रिडले एकपक्षीय रूपमा एन्टोइन ग्रिजम्यानलाई बार्सिलोनाले अनुबन्ध गरेको आरोप लगाएको छ ।

विज्ञप्ति जारी गर्दै एट्लेटिको मड्रिडले एकपक्षीय रूपमा ला लिगाको कार्यालयमा रकम जम्मा गरेर खेलाडी भित्र्याएको घोषणा गरेकोले बार्सिलोनको कदम वैधानिक नभएको तर्क उसको छ ।

एथ्लेटिकोले बार्सिलोना र आफूहरूबीच गत जुलाई १ मा ग्रिजम्यानका लागि रिलिज क्लज २०० मिलियनबाट १२० मिलियनमा झार्ने सहमति भएपनि खेलाडी सरुवा दुई क्लबको साझा समझदारीमा मात्रै हुने बताएको छ ।

एथ्लेटिकोले भने आफ्ना स्टार खेलाडीको मूल्य १२० मिलियन आफूलाई चित्त नबुझेको भन्दै २०० मिलियन नै तिर्न भनेको छ ।