११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

असारे बजेट: मापदण्ड विपरित निर्माण भएका संरचनाको भौचर बनाएर कमिशन बटुल्ने अभियान

असारे बजेट: मापदण्ड विपरित निर्माण भएका संरचनाको भौचर बनाएर कमिशन बटुल्ने अभियान
अ अ+ अ-

भद्रपुर । बहु वर्षे आयोजनामा पनि असारे बजेटको प्रभाव देखिन थालेपछि नियामकको नैतिकता पैसामा बिकेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । गुणस्तरीय काम गराउनु पर्ने नियामक निकाय ठेकेदारका गाडी घोडामा मस्त घुमफिर गर्ने अनि मापदण्ड विपरित निर्माण भएका संरचनाको बिल भौचर मिलाएर कमिशन बटुल्ने अभियानमा अलमलिएपछि नियामकको नैतिकतामाथि प्रश्न उठेको हो । भद्रपुर नगरपालिका क्षेत्रमामा भैरहेको सडक स्तरीकरण गुणस्तरहीन भएपछि नाली भत्कने, चर्कने र ग्राभेलिङको बजेट लिइसकेका सडकमा सवारी साधन भासिने क्रम रोकिएको छैन ।

सघन शहरी विकास कार्यक्रम अन्र्तगत ६ वटा प्याकेजमा भइरहेका अधिकाम्स कामको पहिलो, दोस्रो र तेस्रो चरणका नाली निर्माण सम्पन्न भएका भनिएका बिलभौचर मिलाइएका सडकमा गरिएको बेस ग्राभेलको कार्य निर्माण सम्झौता विपरित माटोमा केही ढुंगा मिसाएर असारे बजेटको शैलीमा गुणस्तरहीन काम गरिएपछि वर्षदसँगै नाली भत्कने, चर्कने, धसिने र सडकमा आवतजावत गर्ने सवारीका साधन भासिनेक्रम बढेको हो । निर्माण गुणस्तर हेर्ने जिम्मेवारी लिएको नियामकले निर्माण व्यवसायीलाई काम सच्याएर मात्र रकम भुक्तानी दिनु पर्नेमा असारे बजेट फिर्ता नगर्ने शैली अपनाएपछि निर्माणाधीन सडक समस्या बन्न पुगेको स्थानीयको आरोप छ । सडक नाली निर्माण र बेसग्राभेलिङका अधिकाम्स काममा कमसल निर्माण सामग्री राखेर निर्माण भएकै कारण प्राविधिक पक्षको नेतृत्व गरिरहेको सघन सहरी विकास कार्यालयले समस्याको जिम्मेवारी लिनु पर्ने स्थानीय बताउने गर्छन् । उल्टै कार्यालयले असारे वजेट भन्दै गुणस्तर नहेरी बिल भुक्तानी दिएर निर्माण ठेकेदारलाई पुरस्कृत समेत गरिरहेको उनीहरूको आरोप छ । भद्रपुर ८ शान्ति चौक स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय अगाडिको भद्रपुर—धुलावारी सडक खण्डमा झण्डै सय मिटर सडक पर्खाल धसिएर पल्टिएको छ ।

श्रेष्ठ कन्ट्रक्सन काठमाण्डौले निर्माण गरेको सो सडकको नालीको पर्खाल कमसल निर्माण सामग्री प्रयोग गरेर निर्माण गरेकै कारण पल्टिएको हो । ४ दिन अगाडि निर्माण सम्पन्नको प्रतिवेदन बनाएर सघन सहरी विकास कार्यालयले भुक्तानी दिएको रात धसिएर पल्टिएको छ । यस वर्षको अन्तिम किस्ता रकम भन्दै कामको गुणस्तर नहेरी कार्यालयले भुक्तानी दिइएको थियो । सो सडकमा गरिएको बेस ग्राभेल पनि कमसल रहेकै कारण सवारीका साधन आवत जावतमा समस्या उत्पन्न भएको छ । यता कम्पनीको प्राविधिक पक्षको नेतृत्व गरिरहेका सुदिप बानियाँ भने वर्षादका कारणले सडकको नालीको निर्माणाधीन पर्खाल ढलेको दाबी गर्छन् । उनका अनुसार यस वर्ष गरिसक्नु पर्ने काम कम्पनीले पूरा गर्ने क्रममा निर्मित पर्खाल ढलेको हो ।

काम गुणस्तरहीन भएको भन्दै सघन सहरी विकास कार्यालयमा स्थानीयको तर्फबाट हेम घिमिरेले एक महिना अगाडि निवेदन दिएर गुणस्तरीय काम गराइदिन अनुरोध सहित उजुरी दिएका थिए । तर, केही दिन काम रोके जस्तो गरेको नियामक सघन सहरी विकास कार्यालयले असार दोस्रोसाताबाट काम सुचारू गराइ भुक्तानीको बाटो खालिदिएको थियो । प्राविधिक पक्षको साथपछि निर्माण कम्पनीले कमसल काम गर्दा समस्या आएको स्थानीयको गुनासो छ । कमजोर नियामकको फाइदा उठाउँदै ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको प्रत्यक्ष असर अहिले स्थानीयले भोग्नु परेको छ ।

यस आयोजनामा श्रेष्ठ कन्ट्रक्सन काठमाण्डौले ३० किमी, गजुरमुखी कन्ट्रक्सन इलामले २३ किमी, खनाल कन्ट्रक्सन इलामले ६ किमी र पुष्पाञ्जलि जभी अरनिको हेविटस जलथलले ५ किमी सडक नाला निर्माणको जिम्मा लिएर काम गरिरहेका छन् । बहुवर्षे आयोजना अन्र्तगत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भइ रहेको छ । दुई अर्व रुपैयामा ५ वर्ष भित्र भद्रपुर नगरपालिका भित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ ।