१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरोको विपदप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । बाढी पहिरोका कारण देशभर जनधनको क्षति भएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी उनले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको घडीमा तिम्रो र मेरो भन्ने संकीर्ण सोचबाट माथि उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नुपर्ने बताएका छन् ।

उनले राजधानी लगायत देशका बिभिन्न भूभागमा आएको बाढी पहिरोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा दुख व्यक्त पनि व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले प्राकृतिक विपदका पीडितप्रति समवेदना र सहानुभूति व्यक्त गर्दै विपद व्यवस्थापनको प्रभावकारी कदम चाल्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।