८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित



अ+ अ-

ह्युस्टन । तीव्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् ।

शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रिय आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछि बर्षा भएकाले अरु धेरै क्षति भएको र थप खतरा रहेको अनुमान गरिएको छ ।

सामुद्रिक तटीय क्षेत्रबाट आएको आँधीले अमेरिकाका पूर्वी आवासीय क्षेत्रमा सबैभन्दा बढी नोक्सान गरेको छ । स्वयमसेवक तथा उद्धारकर्ताहरुले प्रभावितहरुलाई सुरक्षित गराउने र उद्धार गर्नेक्रम भने चलिरहेको जनाएका छन् ।