८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फाइनल : इङ्ल्यान्डसामु जितका लागि २४२ रनकाे चुनाैती (अपडेट)



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे न्यूजील्याण्डले इङ्ल्यान्ड विरूद्ध ८ विकेटकाे क्षतिमा २४१ रन बनाएकाे छ ।

न्यूजील्यान्डका लागि हेनरी निकाेल्सले ५५ र टम लथमले ४७ रनकाे व्यक्तिगत इनिङ खेले पनि अरू ब्याट्सम्यान सस्तैमा अाउट भएका थिए ।

कसिलाे बलिङ र फिल्डिङ गरेकाे इङ्ल्यान्डका लागि क्रिस वाेक्स र लियाम प्लन्केटले समान तीन तीन विकेट लिएका थिए ।

जितका लागि २४२ रनकाे चुनाैती पाएकाे इङल्यान्डले ब्याटिङ शुरू गरिसकेकाे छ ।

अहिले क्रिजमा जाेनी बेयरस्टाे र जाे रूट रहेका छन् ।

लर्डसमा भइरहेको यस खेलमा यो पटक विश्वकपले नयाँ विजेता पाउनेछ । विश्वकप क्रिकेटमा अष्ट्रेलियाका सहायक प्रशिक्षकको भूमिका निभाएका रिकी पोन्टिङले इंग्ल्यान्डले नै विश्वकपको उपाधी जित्ने दाबी गरेका छन् ।

पोन्टिङले भनेका छन्– मलाई लाग्छ कि इंग्ल्यान्डले विश्वकप जित्नेछ । मैले विश्वकप सुरु हुनुअघि नै भनेको थिएँ की इंग्ल्यान्डलाई हराउन सजिलो छैन । मैले पहिले पनि विश्वकप जित्ने प्रमुख दाबेदार टिमको रुपमा लिएको थिएँ । अहिले पनि इंग्ल्यान्डले नै जित्छ जस्तो लागेको छ ।’

यो पटक इंग्ल्यान्डका खेलाडीमा राम्रो प्रतिभा भएको कारण उपाधि जित्न सक्ने पोन्टिङ बताउँछन् ।

विश्वकप क्रिकेटमा लगातार तीन ठूला टिमलाई जितेपछि घरेलु टोली इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हाे ।पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्नुअघि इंग्ल्यान्डले लगातार भारत र न्युजिल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।इंग्ल्यान्ड चौथो पटक विश्वकप फाइनल खेल्दैछ भने न्युजिल्यान्ड दोस्रो पटक ।