८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको जवाफः टोर्नाडो जाने अमेरिकामा त पूर्वतयारी हुँदैन नेपालले कसरी गर्न सक्छ?



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले स्रोत साधन कमी भएकोले बाढी र पहिरोको लागि पूर्वतयारी राम्ररी गर्न नसकिएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार विपद् व्यवस्थाका क्रममा पूर्व तयारीमा सरकारले काम नगरेकोबारे सांसदहरूले सोधेको प्रश्नमा उनले विकसित देशहरूले पनि पूर्वतयारीमा ध्यान दिन नसकेको तर्क गरे।

‘अबदेखि हामी गम्भीरतापूर्वक पूर्व तयारीमा लाग्छौँ।’ गृहमन्त्रीले भने, अमेरिकाम टोर्नाडो जान्छ, जापनामा सुनामी जान्छ। शक्तिसम्पन्न यी देशमा पनि राम्ररी पूर्व तयारी भएको पाइएन। हामीजस्तो स्रोत साधन कमी भएको देशमा पनि पूर्वतयारी राम्ररी गर्न सकिएन।’

उनले विकासका नाममा भएको विनासले अहिलेको विपद हुने भन्दै यस्ता गतिबिधि नरोकिए तराई छिटै नै मरुभुमि बन्ने बताए ।

‘यो प्राकृतिक विपद् होइन, मानवसिर्जित विपद् हो’, समिति बैठकमा गृहमन्त्री थापाले भने, ‘विकासका नाममा हामीले विनास गर्‍यौँ। चुरे नांगिदै छ। यस्तै हो भने केही वर्षमा तराई मरुभूमि हुने अवस्थामा पुग्छ।’

गृहमन्त्रीले बाढीबाट २८ जिल्लामा प्रभावित बनेको जानकारी गराए।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विपद्मा घाइते भएकाहरूलाई प्रभावकारी उपचार गर्न र बेपत्ताको सीघ्र खोजी गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सरोकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।

पीडितको उद्दार उचित किसिमले गर्न, विस्थापितलाई यथासीघ्र पुनर्स्थापना गर्न तथा माहामारी फैलन नदिन सम्बन्धित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी पठाउन समितिले निर्देशन दिएको छ।