११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा

सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा
अ अ+ अ-


सप्तरी । पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ ।

औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका लागि बनाइएको नाला र पोखरी थुन्दै स्थायी संरचना निर्माण गरेपछि रुपनी गाउँपालिकास्थित उक्त औद्योगिक क्षेत्र डुबानमा परेको हो । औद्योगिक क्षेत्रको पूर्व–दक्षिण छेउबाट चल्ने पानीको बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले शहीद स्तम्भ निर्माणका लागि माटो भर्ने र इँटाको पर्खाल निर्माण गरेका कारण औद्योगिक क्षेत्र डुबान परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको स्थानमा शहीद गेट, शहीद पार्क र शहीद स्तम्भ निर्माणको काम भइरहेको छ । निर्माणाधीन शहीद स्तम्भले पानीको बहाव हुने मुख्य भाग नै थुनेकाले औद्योगिक क्षेत्र डुबानमा पर्नुका साथै औद्योगिक क्षेत्रमा सञ्चालित सबै उद्योगमा पानी पस्ने खतरा बढेको प्रमुख आचार्यले बताउनुभयो ।

पानीको निकास नै थुनिने गरी भौतिक संरचना निर्माण गरिएकाले सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराए पनि समस्या समाधानका लागि ती निकासले चासो नदेखाएको कार्यालय प्रमुख आचार्यको गुनासो थियोे ।

औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगका सञ्चालकले केही दिनअघि सो ध्यानाकर्षण गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले औद्योगिक क्षेत्रको निकास नै थुनिने गरी हचुवाको भरमा संरचना निर्माण गरिएकाले उक्त क्षेत्र डुबानमा परेको बताउँदै समस्या समाधानका लागि केही समयअघि सरोकारवाला निकायसँग छलफल गरी पानीको निकासका लागि अहिले निर्माणाधीन शहीद स्तम्भलाई पश्चिमतर्फ सार्ने र त्यसको छेउमा हिमपाइप राखी निकास दिने सहमति भए पनि समय आभावका कारण त्यसो हुन नसकेकाले औद्योगिक क्षेत्र डुबानमा परेको हो भन्नुभयो ।