८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार खर्च सरकारले व्यहोर्ने



अ+ अ-

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको र सात हजार घरमा क्षति पुगेको सरकारले जनाएको छ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त जानकारी दिएको हो । बैठकले बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारले गरेको छ।

यस्तै सरकारले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा भत्किएका पुल तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ।सरकारले सबै सुरक्षा अंग र सरकारी निकायलाई तयारी हालतमा रहन पनि निर्देशन दिएको छ।