८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार: नेप्से झिनो अङ्कले सुधार



अ+ अ-

काठमाडौँ- धितोपत्र बजारमा साताको आज पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूच्क ०.२४ बिन्दुले बढेर २६८.५७ अङ्कमा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसत मात्रै रह्यो । कूल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता शेयर रु २८ करोड ५२ लाख १४ हजार ५७२ मूल्यमा खरीदबिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने छ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.६१, वित्त १.६१, निर्जीवन बीमा ०.१२, उत्पादन २.५३ र लघुवित्त ०.४७ बिन्दुले घटेको छ ।

यस्तै होटल ११.९६, विकास बैंक ८.८५, जलविद्युत् ०.९४, अन्य २.२५, जीवन बीमा ३२.५२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रह्यो । सो संस्थाको रु दुई करोड ५३ लाख सात हजार ३३० मूल्यमा कारोवार भयो । मेगा बैंकको संस्थापक शेयर रु दुई करोड १८ लाख २२ हजार ३२६, नेपाल बैंक लिमिटेड रु दुई करोड १७ लाख ३२ हजार १९९, नेपाल लाइफ इन्सुरेन्स रु एक करोड ६७ लाख ४६ हजार ८९२, सिभिल बैंक रु एक करोड ३८ लाख ६२ हजार ५५० र चिलिमे जलविद्युत् कम्पनीको रु एक करोड २४ लाख १०७ मूल्यमा खरीदबिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाए । यस्तै नबिल इक्विटी फण्ड ७.३८, पञ्चकन्या माई हाइड्रोपावर ५.८८, समिट लघुवित्त वित्तीय संस्था ३.४०, दिव्यश्वरी हाइड्रोपावर २.७८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.५६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै मल्टी पर्पोज फाइनान्स कम्पनी ८.२७, अरुण काबेली पावर ६.२५, गुराँस लघुवित्त वित्तीय संस्था ३.७५, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३.२, नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।