१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकालुमा ५० घर पहिरोको उच्च जोखिममा



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकालु गाउँपालिका–३,४र ५ का ५० घरपरिवार पहिरोको उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी दिनुभयो ।

मकालुका पावाखोला, पेपुवा, सडेक्मा, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानी, नयाँ बस्तीका दर्जनभन्दा बढी गाउँलाई पहिरोले चारैतिरबाट घेरेको छ, जति बेला पनि ती घरपरवार पहिरोमा पर्न सक्ने सम्भावना रहेको कार्यवाहक अध्यक्ष राईको भनाइ छ ।

पहिरोको उच्च जोखिममा परेका ५० भन्दा बढी घरका परिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने भए पनि नसकिएको उहाँले बताउनुभयो । उच्च जोखिममा भएका परिवारलाई सार्न सुरक्षित स्थान खोजी भइरहेको भए पनि ठूलो सङ्ख्या भएका कारण गाउँपालिका एक्लैले मात्रै तत्काल अन्यत्र सार्न नसकिने अवस्थामा रहेको कार्यवाहक अध्यक्ष राईले जानकारी दिनुभयो ।

गत असार २ र ३ गते पहिरोले मकालु गाउँपालिकाभित्रका अधिकांश गाउँलाई पहिरोले चिरा–चिरा बनाएको थियो । चारैतिरबाट पहिरोकोे जोखिममा रहेका मकालु–५ का चार गाउँका २९ घर विस्थापित भएका थिए भने दुई घर पहिरोले पुरेको थियो । गाउँलाई चारैतिरबाट पहिरोले घेरेका कारण कुनै पनि बेला पहिरो जानसक्ने उच्च सम्भावना रहेको मकालु–५ का वडाअध्यक्ष जापान गुरुङले बताउनुभयो ।

पहिरोको उच्च जोखिम भएका कारण उनीहरु छिमेकी र आफन्तको शरणमा बसिरहेको पनि उहाँले जानकारी दिनुभयो ।