११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

गृहमन्त्रीद्वारा सांसदलाई जानकारी, २८ जिल्लामा बाढीेपहिरो, ३३ हजार प्रभावित

गृहमन्त्रीद्वारा सांसदलाई जानकारी, २८ जिल्लामा बाढीेपहिरो, ३३ हजार प्रभावित
अ अ+ अ-

काठमाडौँ । विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ । विपद्को बेलामा सरकारको सबै संयन्त्र परिचालन गरेर हवाई, जल तथा स्थलमार्गबाट उद्धार तथा सुरक्षित बासस्थानका लागि आवश्यक कार्यलाई तीव्र गति दिइएको सरकारले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वर्षापछि मुलुकका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानको अवस्थाबारे जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेसम्म दुई हजार १५६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

विपद्को अवस्थाबारे सांसदले राखेका जिज्ञासामा गृहमन्त्री थापाले उद्धार तथा राहतका कार्यक्रममा तीनै तहको सरकार, स्थानीय समुदाय, विभिन्न सङ्घसंस्था क्रियाशील रहेको बताउनुभयो । सुरक्षा निकायहरु अहोरात्र उद्धारमा खटिएको भन्दै उहाँले पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा डुबानको चपेटामा रहेको बताउनुभयो ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाढीपहिरोका कारण ५० जनाको मृत्यु भएको, ३१ वेपत्ता र ३४ जना घाइते भएका छन् । गृहमन्त्री थापाका अनुसार अहिले विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइएको छ । एसएमएस सन्देशदेखि मिडिया तथा सामाजिक सञ्जालबाट प्रचारप्रसारलाई तीव्र गति दिइएको तथा उच्च सतर्कताका साथ उद्धार कार्य जारी राखिएको छ । अवरुद्ध रहेका केही सडक खुलिसकेको र कतिपय सडक खुलाउने कार्य जारी रहेको जानकारी दिँदै गृहमन्त्री थापाले सर्लाही र रौतहटमा पानी निकासको प्रबन्ध मिलाइएको बताउनुभयो ।

उहाँले हेलिकप्टरबाट खाद्यान्न, राहत, म्याट, त्रिपाल पु¥याउने प्रबन्ध गरिएको भन्दै स्थानीय तहले खानेकुरा तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्र्ने कार्यलाई तीव्र गति दिएको जानकारी दिनुभयो । यस्तै प्रदेश १ को गोदामबाट आवश्यक म्याट, त्रिपालसमेत बाढी र डुबान प्रभावित क्षेत्रमा पठाइएको छ ।

प्रधानमन्त्रीले समेत उद्धार र राहतका लागि समन्वयात्मक रुपमा चुस्त भएर लाग्न निर्देशन दिएको स्मरण गर्दै गृहमन्त्री थापाले शनिबार बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरी सबै संयन्त्र परिचालन भएको उल्लेख गर्नुभयो ।

सरकारी प्रयासको सराहना गर्दै बैठकमा सहभागी सांसदले पूर्वतयारीसँगै उद्धार तथा राहत कार्य थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । सांसद नवराज सिलवालले बत्तीमुनिको अँध्यारो भने झँै ललितपुरमै सात जनाको मृत्यु भएको र विभिन्न क्षेत्र प्रभावित भए पनि अहिलेसम्म उद्धार, राहत तथा बाटो खुलाउने काममा कुनै पहल हुन नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सांसद राजकिशोर यादवले तराई क्षेत्रमा अहिले पनि कति मानिस डुबानमा रहेको, घरमा अड्किएर बसेको, राहतको पर्खाइमा रहेको र भोकै बसिरहेको जानकारी दिँदै राहत र उद्धारलाई थप प्रभावकारी बनाउन सरकासँग आग्रह गर्नुभयो ।

अन्य सांसदहरु दिलेन्द्रप्रसाद बडू, डिला सङ्ग्रौला, यशोदा सुवेदी, रेखा शर्मा, प्रेम सुवाल, झपडबहादुर रावललगायतले उद्धार र राहत वितरणको कार्यलाई थप प्रभाविकारी बनाउँदै रोगव्याध नियन्त्रणका लागि तत्कालै कदम चाल्न गृहमन्त्रीसँग आग्रह गर्नुभयो ।

सांसदले उठाएका जिज्ञासाबारे गृहमन्त्री थापाले आएका सुझावलाई गम्भीर रुपमा लिएको र आवश्यक उद्धार र राहत कार्यलाई थप तीव्र गति दिँदै क्षति न्यूनीकरणमा सरकार लागेको भए पनि आवश्यक स्रोतसाधनको अभाव तथा गोताखोरको कमीका कारण सोचेजस्तो काम गर्न नसकिएको जानकारी गराउनुभयो ।

उहाँले विपद्का घटनामा मानिस नै दोषी रहेको उल्लेख गर्दै भन्नुभयो, “हामी आफैँ दोषी छौँ, चुरे फाँडिरहेका छौँ, मधेश तराई मरुभूमिमा परिणत हुँदै छ, खोलामा घर बनाइदिएका छौँ, जथाभावी बाटोघाटो बनाइरहेका छौँ, यसका लागि हाम्रो नीति सच्याउनु जरुरी छ ।”