१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाम जिल्लामा घट्यो यस्तो घटना, दाजु बहिनीको मृत्यु, आमा घाईते



अ+ अ-

अछाम । अछाम जिल्लामा जंगली च्याउ र निउरो खाँदा दुई जनाले अकांलमै ज्यान गुमाउनु परेको छ भने एक जनाको अवस्था गम्भीर छ । जिल्लाको दुर्गम मानिने रामारोशन गाउँपालिका ५ मा जंगली च्याउ र निउरो खाँदा ६ बर्षिया बालीका मनीषा बोहरा र ११ बर्षीया बालक रमेश बोहोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार च्याउ र निउरो खाएकै कारण आमा नरपता बोहरा गम्भीर बिरामी परेकी छन् । उनको बयलपाटा अस्पातालमा उपचार भइरहको छ ।

आइतबार बनबाट टिपेर ल्‍याएको च्याउ र निउरो तरकारी पकाएर खाएको केही समयभित्रै भाइबहिनी बिरामी परेका थिए । उनीहरुका आइतबार राति १० बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ । सोमबार विहानै आमा नरपतालाई अस्पताल लगिएको हो ।