७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको पहिलो मिसन सफल, विप्लवलाई मन्त्रीको अफर



अ+ अ-

काठमाडौं । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ ।

सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए । छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ । ‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन । तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ,’ पाण्डेले भने । सरकारले गत २८ फागुनमा विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । यसैबीच दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन ।

विप्लवका नेताहरूसँग आइतबार छलफल गरेपछि पाण्डे सोमबार नेपालगन्ज पुगेका छन् । त्यही आपसपास उनले मंगलबार विप्लवको शीर्ष नेतृत्वसँग वार्ता गर्ने स्रोतको दाबी छ । तर, पाण्डेले भने आफू वार्ताका लागि नभएर अन्य कामका लागि नेपालगन्ज आएको जिकिर गरे ।

सत्तारूढ नेकपाका नेताहरू वार्ताका लागि सकारात्मक भए पनि राजनीतिक मुद्दाभन्दा सत्ता लेनदेनमा बढी जोड दिने गरेको विप्लव पार्टीका एक केन्द्रीय सदस्यले बताए । ‘हाम्रो पार्टीको मत सत्ताको लेनदेनभन्दा राजनीतिक समस्या समाधान हुने गरी वार्ता हुनुपर्छ भन्ने छ, तर सरकार पक्षका नेताहरू महासचिव कमरेड विप्लवलाई कहिले मन्त्रीको लोभ, कहिले एकतापछि पार्टी महासचिवको लोभ देखाउँछन्,’ ती केन्द्रीय सदस्यले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।