• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै

धुवाँमुक्त गाउँपालिका बनाउन ग्यास चुलो वितरण



दाङ । गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत दाङको राजपुर गाउँपालिकाले १५४ घरधुरीलाई ग्यास वितरण गरिएको छ । वडामा रहेको ६५४ घरधुरीमध्ये गत वर्ष ५०० घरधुरीलाई वितरण गरिएको र यस वर्ष बाँकी रहेका १५४ जनालाई वितरण गरिएको हो ।

वडा नंं ५ मा ग्यास सिलिन्डर तथा चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभएको छ । राजपुरको विकट मानिने सो वडामा धेरैजसोले खाना पकाउन दाउराको प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्नुका तथा आगलागीको पनि जोखिम हुने भएकाले सबैलाई ग्यास वितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ ।

राजपुर गाउँपालिका ग्रामीण क्षेत्र भएकाले र यस क्षेत्रमा लामो समयदेखि दाउराबाट निस्किने धुवाँबाट क्षयरोग, दम बढ्नुका साथै आगलागीको जोखिम बढेको वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो । रु नौ लाख रकममा ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो । –रासस