१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रत्ननगरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

चितवन । पूर्वी चितवनको रत्ननगरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर ७ बद्रेनीका ६२ बर्षीय कान्छा दराई रहेका छन् ।

दराईलाई घरबाट ज्याला मजदुरीका लागि सौराहा जाँदै गर्दा आज बिहान हात्तीले आक्रमण गरेको थियोे ।हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख (डिएसपी) सन्तोष आचार्यले जानकारी दिए ।