४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

दलित र विपन्नलाई तालिम दिने बजेट हाकिम र मन्त्रीका पिएलाई…

दलित र विपन्नलाई तालिम दिने बजेट हाकिम र मन्त्रीका पिएलाई…
अ+ अ-

काठमाडौं । हुम्लाका दलित तथा विपन्नलाई सिलाइकटाइ तालिमका लागि प्रदेश सरकारबाट आएको बजेट जिल्लाका उच्चपदस्थ व्यक्तिलाई कोट सिलाएर सकिएको छ । कर्णाली सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष ०७५/७६ को नियमित कार्यक्रमका लागि आएको बजेटले जिल्लाका हाकिमदेखि मन्त्रीका पिएसम्मलाई कोट सिलाइएको हो ।

घरेलु तथा साना उद्योग विकास समिति हुम्लाले विभिन्न गाउँपालिकाका दलित र विपन्नलाई १५ जेठदेखि २९ असारसम्म सिमकोटमा सिलाइकटाइ तालिम सञ्चालन गरेको थियो । तालिममै प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रहरी प्रमुखदेखि गाउँपालिका अध्यक्षसम्मलाई कोट सिलाइएको छ । ‘उद्यमशीलता विकास तथा एड्भान्स सिलाइकटाई तालिम’का लागि ल्याइएको कपडाले कोट सिलाइएको हो । प्रशिक्षार्थीहरूलाई तालिम दिन सुर्खेतबाट झिकाइएका प्रशिक्षक नै बरिष्ठहरूको कोट सिलाएर फर्किएका छन् ।

तालिममा सहभागी सिमकोट–२ ठेहेकी लछु भण्डारीले प्रशिक्षक नै हाकिमहरूको कोट सिलाउन व्यस्त हुँदा आफूहरूले सिक्न नपाएको गुनासो गरिन् । कोट सिलाउनुपर्दा तालिम सिक्नै नपाएको उनको गुनासो छ । ‘जिल्लाका सबै ठूलाबडाले आफूलाई राम्रो कोट सिलाईदिन भनेपछि तालिमका प्रशिक्षकले आफूहरूलाई सिकाउनभन्दा बढी ध्यान भिआइपीकै कोट सिलाउनमा लगाए,’ उनले भने ।

तालिमका लागि ल्याइएको राम्रो कपडा छानेर पदअनुसारको कोट बनाइएको छ । आफूले कोट पाइन्ट सिलाउन सिक्न आएको बताएका तालिमका सहभागीले आफूहरूले पाउने सुविधाबाट उच्च पदस्थ व्यक्तिलाई कोट दिन नहुने बताए । सरकारी तलब खाने र सरकारबाटै डे«स पाउने व्यक्तिले यसरी पद र पावरको दुरुपयोग गरेर कोट सिलाउन लगाउनु अख्तियार दुरुपयोग भएको सहभागी मानबहादुर परियारले बताए ।

घरेलु कार्यालयले भने यसलाई सामान्य रूपमा लिएको छ । अनुगमनमा गएका वेला उच्च पदस्थ व्यक्तिहरूको नाप लिएको बताउँदै घरेलु कार्यालयका निमित्त प्रमुख शम्भुप्रसाद उपाध्यायले भने, ‘हामीले अरू केही सोचेनाँै तालिम अनुगमनमा आएका हाकिमहरूले खोई कस्तो बन्ने रहेछ, हेरौँ भन्दै नाप दिएपछि बाध्य भएर कोट तयार पारिएको हो ।’

तालिमको समापनसँग सबै उच्च पदस्थलाई सिलाइएका कोट हस्तान्तरण गर्ने कार्यक्रम भए पनि सञ्चारकर्मीले चासो राखेपछि समापनको दिन वितरण गरिएको छैन । भिआइपीहरूको नापमा तयार पारिएका कोट अहिले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय नजिकैको कोठामा नाम लेखेरै झुन्ड्याइएका छन् ।

बजेट दुरुपयोग भएको भन्दै सहभागीको विरोध : पत्रकारले पनि सूचना पाएपछि कोट वितरण हुन सकेन

कोट सिलाउने सिडिओ र डिएसपीदेखि नेतासम्मको नामावली
घरेलु तथा साना उद्योग विकास समिति हुम्लाका निमित्त प्रमुख शम्भुप्रसाद उपाध्यायले तालिम अनुगमनमा आएका हाकिमहरूले ‘खोइ कस्तो बन्नेरहेछ, हेरौँ’ भन्दै नाप दिएपछि बाध्य भएर कोट सिलाउनुपरेको बताए । विपन्नका लागि तालिम दिन आएको कपडाबाट कोट सिलाउने हाकिमहरू सिडिओ धोलकराज ढकाल, सहायक सिडिओ महेशकुमार पोखरेलले, डिएसपी रामप्रसाद घर्तीमगर, सशस्त्र प्रहरी प्रमुख राजकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख सञ्जीव चौधरी, कोष तथा लेखानियन्त्रक राजन रेग्मी, जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावत, समन्वय अधिकारी रामप्रसाद अधिकारी, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, कांग्रेसका जिल्ला सभापति जयपति रोकाया, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकायाको नापमा कोट तयार गरिएको छ । जिल्ला युवा परिषद्का अध्यक्ष कमल बोहरा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहरा, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष पर्वत सुनारलाई पनि तालिमबाटै कोट तयार गरिएको घरेलु तथा साना उद्योग विकास समिति हुम्लाले पुष्टि गरेको छ । समापनको दिन उनीहरूलाई कोट वितरण गर्ने तयारी थियो । तर, यो विषयमा सञ्चारकर्मीले सोधखोज गरेपछि कोट वितरण हुन नसकेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।