१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रमा छिट्टै पुननिर्माण थाल्ने गृहमन्त्रीको वचन



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुननिर्माण थाल्ने बताएका छन् ।

बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा गएको छ । अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको टोली तराई मधेसका जिल्ला गएका छन् ।टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत पनि छन् ।

रौतहट पुगेका गृहमन्त्री थापाले उद्धार कार्य सकिएको भन्दै अब पुनर्निर्माणको काम अगाडि बढाउने बताएका छन् ।गृहमन्त्री बादलले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी गर्नुपर्नेमा जोड दिए ।

असार २७ गतेदेखि आएको अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ का जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या देशभर झण्डै ७० पुगेको छ । हजारौं विस्थापित भएका छन् । उनीहरुले खाना र बासको उचित व्यवस्था नभएको गुनासो गर्दै आएका छन् ।