काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया करिब १० मिनेट रोकिएपछि पुनः सुरु भएको छ ।
निर्वाचन समिति स्रोतले दिएको जानकारीअनुसार मतपत्र सकिएपछि १० मिनेट मतदान रोकिएको थियो ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म १५ सय बढी मत खसेको छ ।