७ पुष २०८२, सोमबार
,
Latest
कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम र स्विमिङपुलसहित साढे दुई अर्बको मन्त्रीनिवास बन्दै



अ+ अ-

काठमाडौं । सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो । यही आवास क्षेत्रभित्र राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ । दुई वर्षभित्र निर्माण सक्ने तयारी छ ।

गत १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले मन्त्रीका लागि २४, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक–एक भवन निर्माण गर्न लागेको छ । त्यस्तै, आवास क्षेत्रमा हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङ पनि हुनेछ ।

प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार बन्नेछन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । भवनहरू नेपाली परम्परागत शैलीमा बनाइनेछ ।

आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । ३८ रोपनी ८ आना ग्रिन एरियाका लागि छुट्याइएको छ । २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ । ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । कम्युनिटी हलका लागि सातआना छुट्याइएको छ । व्यवस्थापन कार्यालयका लागि तीनआना छुट्याइएको छ । त्यस्तै, साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । बाँकी रहेको जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङ बनाइनेछ ।

जिमहल, स्विमिङपुल र हेलिप्याङको सुविधा
आवासभित्र स्विमिङपुलदेखि हेलिप्याडसम्म निर्माण गरिनेछ । एउटा हेल्थ क्लब, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, ग्रोसरी स्टोर, हेलिप्याड र स्विमिङपुल बनाइनेछ । आवास क्षेत्रभित्र तीन तहको सुरक्षा व्यवस्था हुनेछ । सुरक्षाका लागि थप तीन भवन बनाइनेछ ।

आवास दुई चरणमा निर्माण गरिनेछ । पहिलो चरणमा २७ वटा भवन, कम्पाउन्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिने तुलाधरले बताए । त्यस्तै, दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल, हेल्थ क्लब र स्विमिङपुल बनाइने उनले बताए ।

आवास क्षेत्रभित्रै हुनेछन् यी सुविधा पनि स् कम्युनिटी हल, व्यवस्थापन कार्यालय, किराना पसल, पार्किङ, हेल्थ क्लब, हेलिप्याड र स्विमिङपुल
पुल्चोकमा विदेशी पाहुनाका लागि अतिथिगृह
सैंबुमा नयाँ आवास बनेर मन्त्रीहरूलाई सारेपछि हालको पुल्चोकस्थित मन्त्री आवास क्षेत्रमा उच्च तहका विदेशी प्रतिनिधिका लागि अतिथिगृह बनाइनेछ । अहिलेको संरचनालाई भत्काएर १० वटा सुविधासम्पन्न भवन बनाउने योजना विभागको छ । पुल्चोकमा हाल १९ मन्त्रीका निवास छन् ।

चालू आवमै टेन्डर, दुई वर्षभित्र तयार
मणिराम गेलाल
महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभाग
मन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखको आवास निर्माणका लागि चालू आर्थिक वर्षभित्रै टेन्डर प्रक्रिया सक्ने हाम्रो तयारी छ । यसै वर्ष टेन्डर सकेर आगामी दुई वर्षभित्र आवास तयार गर्ने योजना छ ।

हालको आवास जीर्ण भएकाले नयाँ बनाउन लागिएको हो
मोहम्मद इस्तियाक राई, मन्त्री, सहरी विकास
गत मंसिरमै मन्त्रिपरिषद् बैठकले मन्त्री आवास निर्माण गर्ने निर्णय गरेको हो । त्यही निर्णयअनुसार विभागले प्रक्रिया अगाडि बढाएको हो । अहिलेको मन्त्री आवासको अवस्था निकै जीर्ण छ । सबै मन्त्रीका लागि भवन अपूर्ण पनि छन् । त्यसैले नयाँ आवास बनाउने निर्णय भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।