६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पञ्जाबमा दोस्रोपटक अनुबन्धित



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पञ्जाबमा अनुबन्धित भएका छन् ।

आइलिग क्लब पन्जाबले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत किरणलाई अनुबन्ध गरेको जनाएको छ । यसअघि पनि किरणले पञ्जाबबाट खेल्दै आइलिग जिताएका थिए । किरणले २०१७–०१८ को सिजन पञ्जाबबाट खेलेका थिए ।

यो सिजनको लागि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबमा किरणले आफ्नो अनुबन्धन नवीकरण गरेका थिए । तर, नेपाली फुटबल टिमको मैत्रीपूर्ण खेल मलेसिया र चाइनिज ताइपेसँग भएपछि किरणले खेल्नैपर्ने भएको थियो । नेपाली टीमको मैत्रीपूर्ण खेललाई मुख्य प्राथमिकतामा राख्दा किरणले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने मौका गुमाए । यो सिजनको लागि किरण र क्लबबीच लिखित सम्झौता भइसकेको थियो ।

यसअघि किरणले टिसी स्पोर्टस्सँग चार बर्षको नयाँ सम्झौता गरेका थिए । गत सिजन क्लबलाई धिवेही प्रिमियर लिगको उपाधि जिताउन अहम भूमिका खेलेका किरणले लिगको उत्कृष्ट गोलरक्षकको पुरस्कार समेत जितेका थिए ।

उता, टिसी स्पोर्ट्स क्लबको पनि त्यही समयमा खेल जुधेपछि किरण र क्लबबीचको सम्झौता तोडिएको थियो । त्यसयता, उनी कुनै क्लबमा अनुबन्धित भएका थिएनन् ।

माल्दिभ्समा आउँदो जुन महिनादेखि नयाँ सिजन शुरु हुँदैछ ।