३१ श्रावण २०८३, आईतवार
,
Latest
मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः टोटेनहमले वेस्टहामलाई हरायो, बेन्टफोर्डविरुद्ध लेस्टर विजयी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले वेस्टहाम युनाइटेडलाई ३-१ गोलले पराजित गरेको हो । 

खेलको नवौं मिनेटमा वेस्टहामका कर्ट जोउमाको आत्मघाती गोलबाट टोटेनहमले सुरुवाती अग्रता दिलाएका थिए , यस्तै, २४ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । 

३५ औं मिनेटमा सेड बन्रहमाले गोल गर्दै वेस्टहामलाई २-१ को स्थितीमा ल्याए । तर, ८८ औं मिनेटमा सनले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे । 

जितसँगै टोटेनहम २९ खेलबाट ५१ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ । यता पराजित वेस्टहाम ३० खेलबाट ४८ अंकसहित सातौं स्थानमा रहेको छ । 

आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीले बेन्टफोर्डलाई २-१ गोलले पराजित गरेको छ । 

खेलको २० औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ३३ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे । 

८५ औं मिनेटमा योने विसाले गोल गरेपनि बेन्टफोर्डको हार टार्न सकेनन् । जितसँगै २७ खेलबाट ३६ अंक जोडेको लेस्टर तालिकाको दशौं स्थानमा रहेको छ भने ३० खेलबाट ३० अंकसहित बेन्टफोर्ड १५ औं स्थानमा छ । 




भर्खरै