१४ भाद्र २०८३, आईतवार
,
Latest
सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुले अब चन्दा नलिने



अ+ अ-

काठमाडौं । अनेरास्ववियुले अबदेखि संस्थागत र व्यक्तिगत रूपमा कसैसँग पनि आर्थिक सहायता नलिने भएको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा संगठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रूपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने जानकारी दिइयो ।

अनेरास्ववियुका संयोजक ऐन महरले पूर्वअध्यक्ष रमेश मल्ल र माधव ढुंगेलको उपस्थितिमा आयोजित कार्यक्रममा चन्दा लिएको पाइएमा संगठनले अनुशासनको कारबाही गर्ने घोषणा गरे । उनले विद्यालय शिक्षाको चर्को शुल्क तथा छात्रवृत्ति, विश्वविद्यालय सुधारका सम्बन्ध र संगठनका विषयमा गरेको निर्णय सार्वजनिक गरे ।

विश्वविद्यालयमा प्राध्यापकहरूको नियुक्ति सबै विश्वविद्यालयको एक छाता सेवा आयोग बनाएर परीक्षा सञ्चालन गरी गर्नुपर्ने अनेरास्ववियुले माग गरेको छ । करार, आंशिक प्राध्यापकको व्यवस्थापनका लागि नियमित सेवा आयोगको परीक्षा सञ्चालन गरी अन्य प्रावधानबाट प्राध्यापक नियुक्त नगर्न महरले सरकारसँग आग्रह गरे ।

निजीस्तरबाट सञ्चालित कलेजहरूले तोकिएको मापदण्ड अवज्ञा गरी ११ र १२ का विद्यार्थीबाट चर्को शुल्क लिएको भन्दै तत्काल कारबाहीको दायरामा ल्याउन अनेरास्ववियुले माग गरेको छ । वास्तविक र गरिब जेहेनदार विद्यार्थीलाई स्पष्ट मापदण्ड बनाएर छात्रावृत्ति दिनुपर्ने उसको भनाइ रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।