१४ भाद्र २०८३, आईतवार
,
Latest
सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन डुब्यो वीरगञ्ज ?



अ+ अ-

काठमाडौं । एक साताअघि परेको अविरल वर्षाले पर्सामा ठूलो जनधनको क्षति भयो । पहिले डुबानममा नपरेको वीरगञ्ज एसियाली विकास बैंकको ऋण सहयोगमा नगर विकास कोष र वीरगञ्ज महानगरपालिकाको लगानीमा निर्माण भएको मझौला सहर तथा सहरी वातावरणीय सुधार आयोजनाका कारण दुई वर्षयता डुबानको समस्या भोग्न बाध्य भएको छ ।

डुबानबाट निकास पाउन निर्माण गरिएको आयोजना सम्पन्न भएपछि नै डुबानमा वीरगञ्ज सहर पर्न थालेपछि मुख्य बजार क्षेत्रका व्यवसायी नै आक्रोसित भएका छन् । ७२ घण्टा अविरल पानी परेपछि वीरगञ्जको मुख्य बजारक्षेत्र आदर्शनगर डुबानमा परेर त्यहाँका सबै पसल सटरमा पानी पसेर करोडौँको नोक्सानी भएको व्यापारीको गुनासो छ ।

आयोजनाको गलत डिजाइनका कारण पाँच दिनसम्म परेको वर्षाले वीरगञ्ज सहर डुबानमा परेको भन्दै आयोजनको सर्वत्र आलोचना भएका बेला आयोजना प्रमुख इञ्जिनियर शैलेन्द्र श्रेष्ठले भने आयोजनाको दोषबाट उम्किन सिर्सिया नदीका कारण वीरगञ्ज डुबानमा परेको बताएका छन् ।, समाचार कारोबार दैनिकमा प्रकाशित छ ।