काठमाडौं । नेपाली कांग्रेसको नेयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ भने अहिले मतगणजना जारी रहेको छ ।
सभापतिमा ६०० मत गन्दा शेरबहादुर देउवाको २८८ मत आएको छ । यस्तै डा. शेखर कोइरालाले २१८ मत ल्याएका छन् । यस्तै, विमलेन्द्र निधिले ३९ मत ल्याएका छन् । प्रकाशमान सिंहले ४१ मत प्राप्त गर्दा कल्याण गुरुङले ४ मत पाएका छन् ।
महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा विहान ४ः२० बजेदेखि मतगणना सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार मतगणना पूरा गर्न करिब तीनदेखि चार घण्टा समय लाग्नेछ ।