१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बाटो खोज्दा प्रहरी चौकीमा पुगेपछि…



अ+ अ-

काठमाडौं । गत असार २६ गतेदेखि परेको पानीले उपत्यकाका सबै खोलामा बाढी आयो । सबैभन्दा बढी क्षति त बल्खु खोलाले गर्यो ।

त्यही दिन बल्खु खोलामा आएको बाढीले वरपरका बस्ती जलमग्न भए ।

खसीबजारस्थित चक्रपथको पुलपारि शान्तिनगरमा रहेको मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग, किरियापुत्री घर, जनपथ मावि, अखण्ड विद्याश्रमलगायत भवनमा पाँच फिटसम्म पानी जम्योे । चक्रपथभित्र खसीबजारस्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालय, काठमाडौँ महानगरपालिका–१४ को वडा कार्यालयलगायत विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयमा बाढी पस्यो । यी निकायका कार्यालयहरू सबै खोलाको आडैमा छन् । महानगरीय प्रहरी प्रभाग कार्यालयको त जग नै खोलामाथि देखिन्छ ।

खोला खुम्चिँदा पस्यो बाढी
प्रधानाध्यापक लामिछाने यही विद्यालयमा २०५१ सालदेखि कार्यरत हुन् । सुरुमा शिक्षकका रूपमा अध्यापन सुरु गरेका उनी प्रधानाध्यापक हुँदासम्म यस विद्यालयको शैक्षिक गतिविधिको लामो इतिहासको साक्षी छन् । प्रधानाध्यापक लामिछाने बल्खु खोलामाथि मानिसले गरेको अत्याचारको साक्षी पनि हुन् ।

बल्खु खोलामा २०५१ सालमा पनि ठूलो बाढी आएको उनी स्मरण गर्छन् । त्यतिबेला खोलाको परपरसम्म पनि बाक्लो बस्ती थिएन । त्यसकारण बाढीले ठूलो ठाउँ ओगटे पनि अहिलेजस्तो ठूलो आर्थिक नोक्सानी भएको थिएन तर अहिले खोला बग्ने पहिलेको बाटो नै नचिनिने गरी मानिसले घर बसाएका छन् ।, समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।