१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैलाई फाल्न कसैलाई राख्न नयाँ ऐन



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डबाट वर्तमान अध्यक्ष हटाउने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) मा सदस्य–सचिवलाई निरन्तरता दिने उद्देश्यका साथ नयाँ ऐनको मस्यौदा तयार पारेको छ ।

शिक्षा सचिव खगराज बराललाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष बनाउने र करिब दुई वर्ष पदावधि रहेका हालका सिटिइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेलाई सदस्य सचिवकै भूमिकामा रहने गरी ऐनको मस्यौदा तयार गरिएको छ । यद्यपि जो सचिव भएपनि पछि परीक्षा बोर्डका अध्यक्ष हुनेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका अत्यन्तै निकट भएर काम गरिरहेका सदस्य सचिव वाग्लेलगायत सिटिइभीटीकै केही अधिकारीको दबावमा वाग्लेलाई यथावत राख्नेगरी मस्यौदा तयार गरिएको हो ।

मन्त्रालय स्रोतका अनुसार नयाँ ऐन आउने भएपछि सिटिइभीटी, बोर्ड, शिक्षक सेवाआयोग लगायतका निकायमा नयाँ संरचना बन्नुपर्ने अवस्थामा सिटिइभीटीमा सदस्य सचिव राख्ने र राष्ट्रिय परीक्षा बोर्डमा अध्यक्ष हटाउने खेल गलत हो ।

प्रस्तावित ऐनको मस्यौदाको परिच्छेद ८ मा माध्यमिक शिक्षाको अन्त्यमा लिइने परीक्षाको सञ्चालन, व्यवस्थापन, नियन्त्रण, समन्वय र प्रमाणीकरण समेतका कार्यहरू गर्न एक राष्ट्रिय परीक्षा बोर्ड रहने र त्यसको अध्यक्षमा शिक्षा सचिव रहने व्यवस्था गरिएको उल्लेख छ । हालका शिक्षा सचिव खगराज बरालले आफू बोर्डको अध्यक्ष रहने यस्तो व्यवस्था गरेको मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

सरकारले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रधानान्त्री केपी शर्मा ओलीसमक्ष दिएका तर (हालसम्म सार्वजनिक नभएको) प्रतिवेदनको आधारमा ऐनको मस्यौदा तयार गरेको बताउँदै आएको छ । ऐनको मस्यौदा तयार भएको करिब दुई महिना बितिसक्दापनि मन्त्रालयले मन्त्री परिषदमा पेश गर्न सकेको छैन ।

मन्त्री पोखरेलले नयाँ ‘राष्ट्रिय शिक्षा ऐन, २०७६’ले शिक्षाका सबै समस्या समाधान गर्ने बताउँदै आउनुभएको छ । सो ऐन अर्थ र कानुन मन्त्रालयमा पेश भैसकेको छ ।

लोकसेवा आयोगका अध्यक्ष रहेको समितिले हाल बोर्डका अध्यक्ष रहनुभएका प्राडा चन्द्रमणी पौडेललाई नियुक्ति गरेको थियो । तर शिक्षा मन्त्रालयले तयार गरेको ऐनमा मस्यौदामा बोर्डको अध्यक्षलाई हटाएर मन्त्रालयका सचिवलाई अध्यक्ष बनाउने खेल रचेको छ । त्यस्तै मस्यौदाको परिच्छेद ११ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सम्बन्धी व्यवस्थामा राष्ट्रिय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रथम श्रेणीको अधिकृत मध्येबाट मन्त्रालयले तोकेको कर्मचारीलाई सदस्य सचिव बनाउने उल्लेख छ ।

मस्यौदाको दफा १०२ को उपदफा ७ मा यो ऐन प्रारम्भ हुँदाका बखत नियुक्त रहेको सदस्य–सचिव निजको नियुक्ति हुँदा तोकिएको पदावधिसम्म बहाल रहने व्यवस्था ऐनको मस्यौदामा लेखिएको छ ।

मस्यौदामा हालको उपाध्यक्षलाई हटाएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरू मध्येबाट मन्त्रालयको सिफारिसमा नेपाल सरकारबाट मनोनीत व्यक्तिलाई उपाध्यक्ष नियुक्ति गर्ने उल्लेख छ ।
हाल सिटिइभीटीमा उपाध्यक्ष खाली छ ।

यही साउन १ गते देखि उपाध्यक्ष कुलबहादुर बस्नेतको चार वर्षे कार्यकाल सकिएको छ । ऐनमा तोकिएको मापदण्ड पूरा गरी अध्यक्ष नियुक्त हुनुभएका अध्यक्ष प्रा.डा.पौडेललाई हटाउने र वाग्लेलाई ऐन आएपनि नहटाउने प्रावधान तयार हुँदैछ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।