१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको कडाइले मच्चायो हंगामा, क्षमताभन्दा ११ जना बढि भ्रष्टाचारी



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही तीव्र पारेपछि पक्राउ परेका व्यक्तिका लागि अख्तियारको हिरासत अपुग भएको छ। अख्तियारको कारवाहीमा रंगेहात पक्राउ परेकाहरुलाई राखिदा अख्तियारको हिरासत भरिन पुगेको छ।

आयोगले रंगेहात पक्राउ परेका २७ जनासँग अनुसन्धान गरिरहेको छ । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा सोमबारसम्म २७ जना पुगेका छन्। रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव रहेको अख्तियार स्रोतले जनाएको छ।

‘हिरासत कक्ष खचाखच अभियुक्तहरूले भरिएका छन्, अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धान प्रक्रिया सकेर मुद्दा दर्ता गर्ने तयारीमा छौं।’ पछिल्लो समय रंगेहात पक्राउ पर्ने क्रम बढिरहेको बेला ठाउँको भने अभाव रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।