२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी बागलुङकी १७ वर्षीया किशोरीको मृत्यु



अ+ अ-
फाइल फोटो

बागलुङ । अविरल वर्षासँगै आज बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ । बिहान करीब ६ बजेतिर गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताए ।

गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो । पहिरोले गोठ पूर्णरूपमा क्षतिग्रस्त बनेको जनाइएको छ । पहिरोमा एउटा लैनो भैँसी, एउटा पाडो र दुई बाख्रासमेत पुरिएका छन् ।

स्थानीयवासीले एक घण्टापछि गौतमको शव पहिरोबाट बाहिर निकालेका थिए । उद्धार तथा राहतका लागि जनप्रतिनिधि, प्रहरीलगायत घटनास्थल पुगेका छन् । प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेका कारण घर पनि जोखिममा छ । मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिईन ।