८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी बागलुङकी १७ वर्षीया किशोरीको मृत्यु



अ+ अ-
फाइल फोटो

बागलुङ । अविरल वर्षासँगै आज बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ । बिहान करीब ६ बजेतिर गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताए ।

गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो । पहिरोले गोठ पूर्णरूपमा क्षतिग्रस्त बनेको जनाइएको छ । पहिरोमा एउटा लैनो भैँसी, एउटा पाडो र दुई बाख्रासमेत पुरिएका छन् ।

स्थानीयवासीले एक घण्टापछि गौतमको शव पहिरोबाट बाहिर निकालेका थिए । उद्धार तथा राहतका लागि जनप्रतिनिधि, प्रहरीलगायत घटनास्थल पुगेका छन् । प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेका कारण घर पनि जोखिममा छ । मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिईन ।