८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्ट इन्डिजको टिम घोषणा, सुनिल र पोलार्ड टिममा परे



अ+ अ-

काठमाडौं । भारतविरुद्ध टी–२० क्रिकेट सिरिज खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गरिएको छ ।

वेष्ट इन्डिज क्रिकेट बोर्डले मंगलबार घोषण गरेको टिममा केइरन पोलार्ड र सुनिल नारिने पनि परेका छन् ।एकदिवसीय विश्वकपको टिम बाहिर रहेका सुनिल र पोलार्डलाई टिममा बोलाइएको हो । १४ सदस्यीय टोलीको कप्तानी कार्लोस ब्राथवइटले गर्ने भएका छन् ।

विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिजमा भारत र वेष्ट इन्डिजले यही अगष्टमा खेल्दैछन् । तीन खेलको टी–२० सिरिजमा घरेलु टोली वेष्ट इन्डिजले भारतसँगको सिरिज जित्ने लक्ष्य बनाएको छ ।

भारतविरुद्ध पहिलो टी-२० क्रिकेट खेल अगष्ट ३ वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, अगष्ट चारमा दोस्रो र ६ तारिखमा भारत वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेल खेल्दैछन् ।

वेष्ट इन्डिज टिम

कार्लोस ब्राथवइट -कप्तान), एन्थोनी ब्राम्बल, जोहन क्याम्पबेल, शेल्डन कट्रेल, शिमरन हिटम्यार, इभिन लेविस, सुनिल नारिने, किमो पाउल, ख्यारी पिइरे, केइरन पोलार्ड, निकोलस पुरन, रभमन पावेल, एन्ड्रे रसेल, ओशान थोमस ।