२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्ट इन्डिजको टिम घोषणा, सुनिल र पोलार्ड टिममा परे



अ+ अ-

काठमाडौं । भारतविरुद्ध टी–२० क्रिकेट सिरिज खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गरिएको छ ।

वेष्ट इन्डिज क्रिकेट बोर्डले मंगलबार घोषण गरेको टिममा केइरन पोलार्ड र सुनिल नारिने पनि परेका छन् ।एकदिवसीय विश्वकपको टिम बाहिर रहेका सुनिल र पोलार्डलाई टिममा बोलाइएको हो । १४ सदस्यीय टोलीको कप्तानी कार्लोस ब्राथवइटले गर्ने भएका छन् ।

विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिजमा भारत र वेष्ट इन्डिजले यही अगष्टमा खेल्दैछन् । तीन खेलको टी–२० सिरिजमा घरेलु टोली वेष्ट इन्डिजले भारतसँगको सिरिज जित्ने लक्ष्य बनाएको छ ।

भारतविरुद्ध पहिलो टी-२० क्रिकेट खेल अगष्ट ३ वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, अगष्ट चारमा दोस्रो र ६ तारिखमा भारत वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेल खेल्दैछन् ।

वेष्ट इन्डिज टिम

कार्लोस ब्राथवइट -कप्तान), एन्थोनी ब्राम्बल, जोहन क्याम्पबेल, शेल्डन कट्रेल, शिमरन हिटम्यार, इभिन लेविस, सुनिल नारिने, किमो पाउल, ख्यारी पिइरे, केइरन पोलार्ड, निकोलस पुरन, रभमन पावेल, एन्ड्रे रसेल, ओशान थोमस ।