४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा ठूलो परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलमा बार्सिलोना चेल्सीसँग पराजित



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना प्रि–सिजन अन्तर्गत क्लब मैत्रीपूर्ण पहिलो खेलमा पराजित भएको छ ।

आज भएको खेलमा प्रिमियर लिग क्लब चेल्सीसँग बार्सिलोना २–१ गोलले पराजित भएको हो । चेल्सीको जितमा टम्ये अब्राहम र रोस बेर्कलीले समान एक एक गोल गरेका थिए । यता बार्सिलोनाको लागि एक मात्रै गोल इभान रकिटिचले गरे ।

आफ्ना मुख्य खेलाडी लुइस स्वारेज, फिलिपे कौन्टिन्हो र कप्तान लियोन मेस्सी बिनै मैदान उत्रिएको बार्सिलोनाले खेलको ३४ औं मिनेट मै गोल खाएको थियो । बार्सिलोनाका डिफेन्डर र गोलकिप्पर बिट हुँदा चेल्सीका टम्ये अब्राहमले बललाई गोल पोष्टको दिशा दिदै १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । खेलको ८१ औं मिनेटमा रोस बेर्कलीले चेल्सीको लागि गोल गर्दै अग्रता २–० बनाए । खेलको ९० औं मिनेटमा रकिटिकले गोल गर्ने मौका गुमाएका थिए । त्यसको एक मिनेट पछि नै उनले डि बक्स बाहिरबाट गोल गर्दै खेल २–१ को अन्तरमा झारे । त्यसपछि बाँकी समयमा कुनै गोल नहँुदा चेल्सीले २–१ गोलको जित हात पार्यो ।

प्रिसिजनअघि पाँच खेल खेल्न लागेको बार्सिलोनाले जुलाई २७ मा जापानकै भिसाल कोबे क्लबसँग खेल्नेछ ।

मेस्सी अगस्ट ४ तारिख आर्सनलविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले अगस्ट ७ र १० मा नापोलीसँग पनि दुई खेल खेल्दैछ । स्पेनिस ला लिगामा भने बार्सिलोनाले अगस्ट १६ तारिखमा एथ्लेटिक बिल्बाओसँग खेल्दै सन् २०१९–२०२० सिजनको सुरुवात गर्नेछ ।