काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म २१०६ मतको गणना सकिएको छ । जसमा शेरबहादुर देउवाले ९९१ मत प्राप्त गर्नुभएको छ भने भने डा. शेखर कोइरालाले ७६२ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशमान सिंहले १७४, बिमलेन्द्र निधिले १३७ र कल्याण गुरुङले ९ मत प्राप्त गर्नुभएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । जस अनुसार सभापतिमा जित्न २३४० मत आबश्यक पर्छ । ५१ प्रतिशत प्राप्त नभए धेरै मत ल्याउने दुई बिच प्रतिस्प्रर्धा हुने छ ।